सुरेश यादव, मधेश अनलाइन । वीरगंजस्थित सिर्सिया खोलाको प्रदुषित जल बोकेर अभियानीहरु काठमाडौंका लागि हिँडेका छन् । खोलामा भइरहेको औद्योगिक प्रदुषण र मानवीय अतिक्रमणको विरोध गर्दै समस्या समाधानका लागि दबाव सिर्जना गर्ने उदेश्यले उनीहरु बिहीबार साँझ पैदल यात्रामा निस्केका हुन् ।
साउन महिनामा पवित्र जलासयको जल बोकेर शिवालयका लागि गरिने यात्राको झल्को दिँदै अभियानीहरुले रचनात्मक रुपमा विरोधका कार्यक्रमलाई अगाडी बढाएका हुन् । स्थानीय स्तरमा बारम्बार यी समस्यालाई समाधानका लागि दबाव सिर्जना गरिएपनि ठोस पहल नभएपछि सरकारको ध्यानाकर्षण गराउने उदेश्यले यो विरोधको कार्यक्रम आयोजना गरिएको अभियानका सदस्य सरोज रायले जानकारी दिए ।
चुरे तथा वनजंगल संरक्षण अभियानका राष्ट्रिय संयोजक सुनिल यादवको अगुवाइमा बिहीबार अपरान्ह ५ बजे वीरगंज स्थित सिर्सिया खोलामा जलबोझी गरी अभियानीहरुको पैदल यात्रा सुरु भएको हो ।
बारा र पर्सा जिल्लामा संचालित उद्योगहरुबाट उत्पादित हानिकारक रसायनले प्रदुषित पानी सिर्सिया खोला र अन्य साना साना खोलाहरुमा बगाउँदा खोलाको पानीमा आश्रित जीव, जन्तु र बालीनालीमा नकारात्मक असर परिररहेको उल्लेख गर्दै स्थानीय स्तरबाटै समस्याको समाधान हुन नसक्ने अवस्थामा बाध्य भएर नेपाल सरकारको ध्यानाकर्षण गराउनेगरी यो यात्रा शुभारम्भ भएको रायले जानकारी दिए ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको