जनकपुरमा वर्षौदेखि अस्तव्यस्त रहेको खानेपानी व्यवसाय उद्योगीहरु मिलेर लागेपछि व्यवस्थित भएको छ । बजार व्यवस्थापनको कमजोरीका कारण लगानी अनुरुपको मूल्य नपाउँदा गुणस्तर कायम गर्न धौ धौ भइरहेको अवस्थामा पानी प्रशोधन गर्ने उद्योगीहरु आपसमा मिलेर अगाडी बढेपछि व्यवसाय प्रणालीमै सुधार सम्भव भएको प्रशोधित पानी व्यवसायी संघका अध्यक्ष संजय झा बताउँछन् ।
उनले संघ गठन गरी व्यवसायीबीच रहेको नकारात्मक प्रतिस्पर्धालाई नियन्त्रण गरी उपभोक्ताको हितलाई ध्यानमा राखेर पानीको गुणस्तर बढ्नुका साथै व्यवसाय पनि फायदामा गएको बताए । प्रशोधित पानी व्यवसायीहरु आफुभित्रै नकारात्मक प्रतिस्पर्धामा उत्रेपछि बिक्रेतालाई फायदा भएपनि उपभोक्ता र व्यवसायी दुवै घाटामा परेको उनको अनुभव छ ।
बालाजी प्रशोधित पानीका संचालक झाले संघको नेतृत्व सम्हालेपछि छोटो समयमै व्यवसायीको कारोबारलाई प्रबद्र्धन गर्न सफल भएको देखिन्छ । यसैबीच उनले संघको हिसाब दुरुस्त रहेको प्रमाणित गर्दै सम्भावनै नरहेको अवस्थामा पनि उद्योगीहरुलाई बोनस बाँडेका छन् ।
यद्यपि कार्यव्यस्तताको कारण देखाउँदै झाले संघको अध्यक्ष पदबाट राजीनामा गरेका छन् । सम्पूर्ण उद्योगी व्यवसायीहरुको सहयोग र सद्भावले संघलाई सफल बनाउन सम्भव भएको उल्लेख गर्दै झाले आफुले पाएको सहयोग नयाँ नेतृत्वलाई दिन तत्पर रहेको जनाए ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको