धनुषाको नगराइन नगरपालिका –२ का वडा अध्यक्ष बुलन यादव र सोही वडाका सचिव अमृतनारायण मिश्रले उपभोक्ता समितिसँग घुस लिएको आरोपमा पक्राउ परेका छन् । सडक निर्माण कार्य सम्पन्न गरी भुक्तानी माग गर्दा रकम भुक्तानीका लागि सिफारिस गरिदिए वापत वडा अध्यक्ष यादव र सचिव मिश्रले ७० हजार रुपैयाँ घुस लिएको आरोप हो । उनीहरुसँग लिएको घुस रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरी अनुसन्धान सुरु गरेको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: