सुरेश यादव जनकपुर । शुक्रबार सबैला नगरपालिकाको आयुर्वेद शाखाले रघुनाथपुरमा वडा स्तरीय ‘नागरिक आरोग्य समुह’ गठन ग¥यो । चालु आर्थिक वर्षमा नगरपालिकाका विभिन्न सातवटा वडामा यस्तो समूह गठन गरेको आयुर्वेद शाखा प्रमुख इन्द्रदेव महतोले जानकारी दिए । अगामी आर्थिक वर्षमा नगरका सबै वडामा आरोग्य समुह गठन गर्न केन्द्रबाटै निर्देशन रहेको छ । वडामा नागरिक आरोग्य समुह गठन गरी एकथान लाउडस्पिकर र दुई थान त्रिपाल उपलब्ध गराएर नियमित रुपमा योगाभ्यास गर्न आयुर्वेद शाखाले उत्प्रेरित गरिरहेको छ । यसका लागि नगरपालिकाको तर्फबाट पनि सकारात्मक सहयोग र समन्वय भइरहेको महतोले जनाए । सामाजिक र राजनीतिक वृतमा पनि यतिबेला योगाभ्यासलाई बस्ती बस्तीमा पु¥याएर नियमित रुपमा संचालन गर्नुपर्ने माग आउन थालेको उनको अनुभव छ । बुधबार संसारका विभिन्न मुलुकमा भव्यताका साथ नवौं अन्तर्राष्ट्रिय योग दिवस मनाइयो । केही वर्ष अघिसम्म औपचारिकतामै सिमित हुने गरेको योग दिवस क्रमिक रुपमा उत्सवको रुपमा मनाउन थालिएको देखिन्छ । नेपालस्थित भारतीय दुतावासले पनि योगलाई निरन्तर रुपमा प्रबद्र्धन गर्न थालेको छ । नेपाल सरकारको आयुर्वेद विभागले मातहतका निकायहरु मार्फत योगलाई जनजनसम्म पु¥याउन नीति, कार्यक्रममै व्यवस्था गरेर अझ विस्तार रुपमा कार्यान्वयन गनुपर्ने सामाजिक आवश्यक्ता छ । भारतमा योग र ध्यानलाई व्यवस्थित र मर्यादित बनाउँदै प्रबद्र्धन गर्न छुट्टै मन्त्रालय कायम गरिएको छ । भारत सरकारको आयुष मन्त्रालयले विद्यालय शिक्षाको पाठ्यक्रम लगायत सबै तह र तप्कामा योगा र ध्यानका कार्यक्रमलाई समावेश गरी महत्वका साथ अगाडी बढाइरहेको अवस्था छ । तनाव व्यवस्थापन, सकारात्मक सोचको निर्माण र व्यक्तित्व विकासका लागि योग र ध्यानले अहम भूमिका खेलिरहेको उल्लेख गर्दै आयुष मन्त्रालयबाट ‘वेलनेस इन्स्ट्रक्टर’ कोर्ष लिएका नेपालका आचार्य जगदिश ठाकुर भन्छन्, ‘नकारात्मक सोच र एक अर्काको अस्तित्व स्वीकार्न नसक्ने मनोभावनाले छोप्न लागेको नेपाली समाजलाई रुपान्तरणको लागि योगा र ध्यानको विकल्प मैले देखिरहेको छुइन ।’ मन, आत्मा र शरीरलाई जोड्ने काम ध्यानले गर्छ भने ध्यानमा जान शरीरलाई तयार गर्ने काम योगले गर्छ । योग ध्यानमा जानु पुर्वको अवस्था हो । आज योगको चर्चा गाउँ, बस्तीसम्म फैलिइरहेको अवस्थामा कतिपयले आसन र प्रणायामलाई नै योग ठानिरहेको भ्रम पनि देखिन्छ । आसन र प्रणायाम योगको केही अंश भएपनि समग्र योग र ध्यानलाई व्यवस्थित गर्न सरकारी स्तरबाट गम्भिरतापुर्वक काम हुनु आवश्यक रहेको ठाकुरको भनाइ छ । ‘यसका लागि स्थानीय र प्रदेश सरकारले पनि अगुवाइ गर्न सक्छ । आज नेपाली राजनीतिमा सबैभन्दा डरलाग्दो खडेरी छ भने नैतिकताको । योग र ध्यानले नैतिकतालाई मलजल गर्ने काम गर्छ । यसअर्थमा राजनीतिलाई सम्मानित र अर्थपुर्ण बनाउन योगा र ध्यानको समष्टीगत विकासको क्षेत्रमा राज्यको ध्यान जानु आवश्यक छ’ ठाकुरले मधेश दृष्टिसँग भने । आज भागदौडको जीवनशैलीमा राजनीतिकर्मी, शिक्षक, चिकित्सकदेखि किसानसम्म सबैलाई योग र ध्यानको आवश्यक्ता रहेको उनले औंल्याए । ‘हामीले कतिबेला के खाने, के नखाने, कति समयसम्म सुत्ने, योग र ध्यानको मात्रा लगायत विषयमा हामी एकदमै सचेत छैनौं’ उनी भन्छन्, ‘प्रकृति विरुद्ध हुने मानवीय क्रियाकलापले स्वयं मानव संकटमा परिरहेका छन् । अहिलेपनि हाम्रो व्यवहारमा सुधार हुनुको साटो नकारात्मक कर्ममै प्रतिस्पर्धा गरिरहेका छौं ।’ यस्तो सोचमा सकारात्मक परिवर्तनका लागि तत्काल असर गर्न सक्ने योगा र ध्यान नै रहेको उनले दावी गरे ।
योगाले व्यक्तिमा पार्ने प्रभाव योगी पतञ्जलीको भनाई अनुसार मनमा आउने अनुचित विचार मनको फोहोर हो भने यस्तो विचारबाट मुक्त अवस्था योग हो । विकाररहित मनको अवस्था नै योग हो । योगका लागि आहारको निकै महत्व हुन्छ । योगाले तीन बराबर आहारलाई महत्व दिन्छ । तीन बराबर आहारमा ३३ प्रतिशत अन्न (भात, रोटी, ढिढो), ३३ प्रतिशत हरियो तरकारी र ३३ प्रतिशत काँचो सलाद तथा फलफुल पर्छ । भोजनको समयमा एक चोटीमा यी तीन खानेकुराको सन्तुलन मिलाउन सकियो भने पाचन प्रक्रिया चुस्त भएर पेट सफा रहन्छ र योगका लागि पेट सफा हुनु आवश्यक हुन्छ । त्यस्तै, शरीरलाई स्वस्थ राख्न नियमित रुपमा पानी खाइरहनुपर्छ । बिहान सुतेर उठ्ने बित्तिकै एक गिलास पानी खानुपर्छ भने प्रत्येक घण्टा एक गिलास पानी खाने, खाना खानुभन्दा अगाडी र पछाडी एक घण्टासम्म पानी पिउनु हुँदैन । योग गर्ने व्यक्तिले बाहिरी सफाई र मनको सफाईमा पनि विशेष ध्यान दिनुपर्छ । बाहिरी सफाई भनेको आफ्नो शरीरलाई दैनिक रुपमा नुहाउने । सफा लुगा लगाउने । आफु बस्ने र सुत्ने स्थान तथा वरीपरीको वातावरण सफा र हराभरा राख्नुपर्छ । त्यस्तै मनको सफाइमा पनि विशेष गम्भिर हुनु आवश्यक हुन्छ । सफा मन राख्न बिहान उठ्ने बित्तिकै धर्तीलाई प्रणाम् गर्ने, सुर्य र प्रकृतिलाई धन्यवाद दिने, आफु वरीपरी हुने सबैप्रति हार्दिकता प्रकट गर्ने र सम्पूर्ण प्रकृतिको अस्तित्वप्रति अनुग्रहित हुने स्वभाव अंगाल्नुपर्छ । ‘म आज रिसाउँदिन, आज कसैको नराम्रो चिताउँदिन, कसैप्रति कुभलो गर्दिन र कसैको अहित हुने सोच्तिन, गर्दिन भनेर अन्तरमनले संकल्पित भएर आफ्नो हरेक दिनको शुभारम्भ गर्नुस् तपाईको हरेक दिन र क्षणले लाभ प्राप्त गर्न थाल्नेछ’ आचार्य ठाकुरले भने । ‘सकिन्छ भने हप्ताको एक दिनपनि मोबाइल फोनको स्पर्श गर्न नपर्ने दैनिक बनाउनुस् तर हरेक दिन बिहान ब्रम्हमुहुर्तमा ओछ्यान छोड्ने र कम्तीमा सावा एक घण्टा योगा र ध्यानका लागि समय छुट्याउनुस् यसले अकल्पनीय आनन्द प्राप्त हुनेछ’ उनले सुझाए ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: