मधेसअनलाइन सम्बादाता
बारा : सिम्रौनगढ ईलाका प्रहरी कार्याललले नाकावाट ५ महिनामा झण्डै १० लाख बराबरका अवैद्य समान पक्राउ गरी भन्सार बुझाएको हो । ईलाका प्रहरी कार्यालय सिम्रौनगढ सो समान ईलाकाको विभिन्न स्थानबाट बरामद गरी भन्सार बुझाएको हो ।
ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक जितेन्द्र कुमार साहले भारतीको विशेष अपरेशन र गोप्य सूचनाको आधारमा सो मूल्य बराबरको समान बरामद गरी भन्सार बुझाएको प्रहरी निरीक्षक साहले बताउनु भयो । बैशाख २१ गते गाई २ वटा मुल्य २५,०००, जेष्ठ २ गते मलखाध ३० बोरा ३१,००० , किरानाको समान ७३,७२५ , कस्तुरी मदिरा ६ कार्टुन २,७०० हार्डवेयरका समानहरु ५,४०० अषाढ ६ गते मलखाध १०२ बोरा मूल्य १०२,०००, अषाढ २४ गते खाधमल र कस्तुरी ५ बोरा सहित मूल्य १,४५,७७० साउन ८ गते किराना , हार्डवेयरको समान र भारतीय मोटरसाइकलसहित मूल्य १,५०,००० साउन १२ गते मलखाध १२७ बोरा मकै ५० र अन्य समान सहित नेपाली ट्रकगरी मूल्य २३,४७,८७० र साउन २१ गते चिनी र किरानाको समान सहित ७३,६०० गरि कुल रकम २९ लाख ५७ हजार पैसठी बराबरको समान बरामद गरि भन्सारमा बुझाएको प्रहरी निरीक्षक जितेन्द्र साहले बताउनु भयो । अहिले सो ईलाकामा तस्करहरुको भागाभाग रहेको प्रहरी निरीक्षक साह्ले जानकारी दिए ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: