यदि तपाई ग्रामिण विकास लघुवित वित्तिय संस्थाबाट कर्जा लिनुभएको र समयमा व्याज तिर्न ढिलाई गर्नु हुन्छ भने उक्त संस्थाबाट संचालित गुण्डाहरु हजुरको घरमा आएर धम्याउने तथा कुटपिट गर्न पनि पछि नपर्ने कुरा उक्त संस्थाका ऋणी उपेन्द्र प्रसाद साहले जानकारी दिएका छन ।
ग्रामिण विकास लघुवित वित्तिय संस्था लहान शाखाबाट चाउमिन कारखाना खोल्नका लागि २० लाख पर्ने घर घरेरि धितो बन्धकी राखि २०७७ सालमा रु. ५ लाख ५ वर्षको भाखामा ऋण लिएका ऋणि धनगढि माई ना.पा. २ भवानिपुर वस्ने उपेन्द्र प्र. साहले नियमित व्याज र सावाँ बुझाउदै आए ता पनि कोरोनाकालमा व्यवसाय ठप्प हुँदा ऋणको किस्ता तिर्न अनियमिता भए पनि जेन तेन किस्ता तिर्ने गर्नु नै भएको थियो ।
ऋणको नविकरण गर्न पटक पटक कार्यालय धाउदा पनि शाखा प्रमुख भरत यादवले विभिन्न बाहाना बनाई विभिन्न समयमा विल्म्ब शुल्क लगाउने गरेको र उक्त शुल्क मिन्हा गरिदिन ऋण पटक पटक कार्यालय पुग्दा पनि रकम मिन्हा गर्ने घर जग्गा लिलामी गरि दिने धम्की पूर्ण व्यवहार देखाउदै आएका छन । पुस ३ गते अचानक शाखा प्रमुख भरत यादव सहित केहि गुण्डाहरु ऋणिको अडिट फर्ममा आई ऋण चुक्ता आजैको आजै गर्नै पर्छ भनी धम्की र हातपात समेत गर्न लगाएका ऋणि साहले मधेश अनलाईलाई बताए । यसै विषयमा उत्त वित्तिय संस्थाका शाखा प्रमुख भरत यादवलाई सम्पर्क गर्दा हामी ऋणिको कार्यालयमा पुगेको र ऋण चुक्ता गर्नका लागि चिठी बुझि लिने बिषयमा हल्का भानाभन मात्र भएको र अरु त्यस्तो केहि नभएको बताए ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: