मधेश अनलाइन । सञ्चार माध्यमको भूमिका सामाजिक न्याय, लोकतन्त्र र विकासको पक्षमा हुनुपर्ने आम मान्यता छ । सोही मर्मलाई आत्मासात गरी मधेश अनलाइन जुनसुकै निकायबाट हुने कमी कमजोरीलाई उजागर गरी त्यसलाई सच्याउन नैतिक दबावका लागि वकालत गर्ने तथा राम्रो गर्नेलाई प्रोत्साहन गर्ने स्पष्ट उदेश्यका साथ भूमिका निर्वाह गरिरहेको एक जिम्मेवार आमसञ्चार माध्यम हो ।
यसै सन्दर्भमा पुस ६ गते मधेश अनलाइनले ग्रामिण विकास लघुवीत वितिय संस्थाले ग्राहक (ऋणि) संग ऋण असुल गर्ने नाउँमा ज्यादती गरेको भन्ने आशयको समाचार प्रकाशन गरेको थियो । उक्त समाचारप्रति संस्थाले दिएको लिखित प्रतिक्रियाका लागि यो सञ्चामाध्यमले आभार प्रकट गर्दछ । संस्थाको प्रधान कार्यालयका अधिकृत मधुसुदन पोख्रेलले लेखेको प्रतिक्रिया पत्रलाई नै आधार मान्यो भने पनि सेवाग्राही र संस्थाका कर्मचारीबीच विवाद भएको प्रष्ट हुन्छ । यस अर्थमा मधेश अनलाइनले लेखेको समाचार कपोलकल्पित त होइन भन्ने प्रमाणित हुन्छ । यद्यपि दुई पक्षको धारणालाई सन्तुलित गर्न नसकेकोमा कमजोरी स्वीकार गर्दै हाम्रो तर्फबाट पनि यस्ता विषयमा आइन्दा थप सचेत र गम्भिर हुने प्रतिबद्धता व्यक्त गर्दछौँ ।
ग्रामिण विकास लघुवीत वितिय संस्थाले गरिबी निवारणका लागि समाजमा गरेको योगदानलाई सराहना गर्दै मधेश अनलाइनले लेखेको समाचारकै कारण संस्थाप्रति पर्न गएको नकारात्मक प्रभावका लागि क्षमायाचना गर्दछ । तर, आफ्नो नीतिगत मर्यादा विपरित प्रस्तुत हुने गतिविधिलाई नियन्त्रण गरी सेवाग्राहीलाई अनाहक यातना दिने किसिमका कुनै पनि काम नगर्न आग्रह समेत गर्दछ । वितिय संस्थाले लेखेको प्रतिक्रिया पत्र तस्बिरमा छ । धन्यवाद । – प्रधान सम्पादक

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको