महोत्तरी,२३ माघ। महोत्तरीको सोनमा गाउँपालिकामा रहेको श्री आधारभुत विद्यालय तरहारीमा डाकेको अभिभावक भेलाबाट अचानक विद्यालयको म्यानेट वुक गायव भएपछि स्थानियहरु चकित भएका छन् । विद्यालयको प्रागणमा डाकेको अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समिति छनौट गर्ने सुरसार गरिएपछि सो म्यानेट वुक हराएको हो ।
स्थानिय अभिभावहरुको अनुसार विद्यालयको प्रधानाध्यापक लालेन्द्र यादवको लापरवाहीको कारण सो म्यानेट वुक हराएको भन्दै स्थानीयहरुले विरोध जनाएका छन् । सोनमा गाउँपालिकाको कार्यविधि अनुसार विद्यालय व्यवस्थापन समितिको चयनको लागी तीन पटकसम्म अभिभावक भेला गराई चयन गर्ने प्रावधान रहेको छ । तर ती तीनवटै बैठकबाट कुनै निकास नआए विद्यालय व्यवस्थापन समिति गठनको सम्पूणर् अधिकार गाउँपालिकाको शिक्षा समितिको निहितमा रहने प्रावधान रहेको छ ।
गत पुस २६ गते तेश्रो पटकको अभिभावक भेलामा दुईपक्ष बीच विवाद प्रधानाध्याककै मिलिभगतमा विद्यालयबाट स्थानिय विश्वेश्वर यादवले माईनुट रजिष्टर खोसेर लगिएको विद्यालय स्रोतले जनाएको छ । यता प्रधानाध्यापकले स्थानिय विशेश्वर यादवले अफिसबाट खोसेर लगेको र यस विषयमा पटक तागेदा गर्दा समेत हालसम्म रजिष्टर नफर्काएको जनाएको छ । अभिभावक भेलामा सम्बन्धि वडाका एक जना जनप्रतिनिधि तथा शिक्षा शाखाबाट एक जनाको रोहबरमा समिति चयन हुने प्रावधान रहेतापनि त्यसको खासै मतलब नै नराखी प्रधानाध्यापकले आफ्नो व्यक्तिहरुलाई समितिमा नाम राखी माईनट गरेको स्थानियहरुको आरोप रहेको छ । यता सोनमा गाउँपालिकाबाट पनि दुई पटक रजिष्टर सहति कार्यालयमा उपस्थित भई स्पष्टिकरण दिन पत्र काटे पनि प्र.अ. लालेन्द्र यादवले नटेरेको शिक्षा सह संयोजक धर्मेन्द्र यादवले जानकारी दिए । अन्त पुनः तेश्रो पटक पत्र काटदा प्र.अ.ले रजिष्टरको फोटोकपी र समिति गठन भएको पत्र पठाए पछि गाउँपालिकाले समिति गठन भएको हालको लागी स्थगित गरीएको शिक्षा सहसंयोजक यादवले बताए । शिक्षा शाखाले यस विषयमा छानविन गरी दोषि पाएमो कार्वाहीको प्रक्रिया अगाडी बढाउने प्रतिवद्धता जनाए । रजिष्टर कहाँ छ ? यसै विषयमा माघ २१ गते स्थानीय र संचारकर्मीको उपस्थितिमा विद्यालयमा रजिष्टरको बारेमा प्र.अ. लालेन्द्र यादवसंग सोधपुछ गर्दा रजिष्टर विशेश्वर यादवले माघ १६ गते नै फर्काएको तर स्थानीयहरुले रजिष्टर देखाउन भन्दा रजिष्टर देखाउन नमिल्ने यसको कारण फेरी कसैले खोसिदिन्छ भनेर रजिष्टर कार्यालय भन्दा बाहिर रहेको प्र.अ. ले बताए ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: