माघ: २४ । मधेश प्रदेशमा आड्रा द्वारा संचालित स्वास्थ्य तथा जीविकोपार्जनका विभिन्न परियोजनाहरुको अनुगमन तथा मुल्यांकनका लागि आड्राका क्षेत्रीय कार्यालय-एसिया (ARO) का निर्देशक सहित को टोली मधेश प्रदेशका विभिन्न स्थानहरुमा भ्रमण गरेको छ | सोहि शिलशिलामा महोत्तरीको एकडारा गाउँपालिकासंगको समन्वयमा आड्रा नेपाल र बागमती सेवा समाज नेपालद्वारा संचालित दुई दिने बृहत प्रजनन स्वास्थ्य शिविरको अनुगमन गरेको थियो |स्वास्थ्य सेवाको पहुँचमा देखिएको खाडल लाइ केहि हद सम्म पूरा गर्न संचालन गरिएको बिशेसज्ञ सेवा सहितको उक्त शिविरमा सम्पूर्ण सेवाहरु निशुल्क प्रदान गरिएको थियो | शिविरको पहिलो दिनमा ३०१ जना सेवाग्राही ले सेवा लिएका थिए | पाठेघर खस्ने समस्याको जाँच, पाठेघरको मुखको क्यान्सर सम्बन्धि जाँच, गर्भवती तथा सुत्केरी महिलाको जाँच,यौन रोगको जाँच , परिवार योजना सेवा, मनोपरामर्श , लैंगिक हिंशा सम्बन्धि परामर्श लगायत निशुल्क औषधि वितरण गरिरहेको उक्त शिविर बाट गरिब,तथा सेवाको पहुँच नपुगेका महिलाहरु लाभान्वित भएका छन् | बागमती सेवा समाजका कार्यकारी निर्देशक सुनिल साहका अनुसार मधेश प्रदेशभरि आवश्यकताका आधारमा पालिकहरुसंग समन्वय गरि यस्ता निशुल्क प्रजनन स्वास्थ्य शिविरहरु संचालन गर्ने गरिएको जानकारी दिए | यसै गरि परियोजना अनुगमनका लागि मधेश प्रदेश दौडाहामा रहेको उक्त टोली महोत्तरीको औरहि नगरपालिका अन्तर्गतका बिपन्न बर्गका गर्भवती तथा सुत्केरी महिला हरुलाई पोषण सामग्री वितरणमा पनि सरिक भएको थियो | पोषण सामग्री वितरणमा १४६ जना महिलाहरु लाभान्वित भएका छन् | आड्रा नेपालका कार्यक्रम निर्देशक डा. घनश्याम भट्टले मधेश प्रदेशका संपुर्ण पालिकहरुमा क्रमिक रुपले पोषण कर्नर स्थापना गरि समुदाय स्तरसम्म स्थानीय तहमा पाइने विभिन्न अन्नहरुका पोषण युक्त परिकार हरु बनाउन सिप सिकाइ मातृ तथा शिशु को स्वाथ्य सुध्रिढ़ गर्ने लक्ष्य लिइएको बताए | यसै गरि आड्रा नेपाल द्वारा संचालित जीविकोपार्जन सम्बन्धि परियोजना अनुगमन का लागि टोली बर्दिबास नगरपालिकामा पुगी बस्तुस्तिथि बुझेको थियो अनुगमनको अन्तमा सो टोली ले स्वास्थ्य सचिव डा . प्रमोद कुमार यादब संग भेटघाट गरि प्रगति समिक्षा सहितको छलफल गरेको थियो | आड्रा नेपालका देशीय निर्देशक टम पिनन ले आगामी दिनमा पनि बिगतमा जस्तै मधेश प्रदेशमा स्वास्थ्य , शिक्षा, प्रकोप न्यूनीकरण तथा जीविकोपार्जनका क्षेत्रमा निरन्तर सहयोग रहने प्रतिबद्धता जाहेर गरे | स्वास्थ्य सचिवले मधेश प्रदेशका स्वास्थ्यका सूचकांक सुधार गर्न दातृ निकायको सहयोग निरन्तर सहयोगको खाँचो रहेको प्रस्ट्याउनु भयो |
Copyright © 2024, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: