सर्लाही, १७ फागुन।
सर्लाहीको गोडैतास्थित रेडियो धड्कन एफएमका अध्यक्ष शिव कुमार कुशवाहालाई समाचार लेखेको भन्दै अपरिचित मोबाइल नम्बरबाट फोन गरि धम्कि आएको छ।
जथाभावी समाचार लेखेको भन्दैै ९८१५८७५४९१ नम्वरको मोेवाईलबाट फोन गरेर ती व्यक्तिले धम्की दिएका हुन्। उनले ‘जे मन लाग्यो तेहि लेख्ने, कुरै नबुझि समाचार लेख्छस्, चिन्छस् कि चिन्दैनस?्, तेरो दुवै खुट्टा काटीदिन्छु’ भन्दै कुशवाहालाई फोनमा धम्की दिएका छन्। फोनमा धम्याउनेसँग परिचय माँग्दा उनले ‘तँ कहाँ छस? भन म त्यहि आएर तेरो खुट्टा काट्छु’ भन्ने धम्की दिएको अध्यक्ष कुशवाहाले सुनाए।
मंगलबार सांझ रेडियोको अन्लाइन संस्करणमा राखिएको मधेश प्रदेशका स्वास्थ्य मन्त्री बिरेन्द्र सिंहका दाई सुरेन्द्र सिंह भ्रष्टाचार मुद्दामा दोषी ठहर शिर्षकको समाचारका बिषयमा उक्त धम्कि आएको हुन् सक्ने अध्यक्ष कुशवाहाको अनुमान छ ।
यस विषयमा नेपाल मत्रकार महासंघ सर्लाही शाखाले विज्ञप्ती समेत निकालेको छ । पत्रकार शिवकुमारको खुट्टा भाचि दिन्छु भन्दै धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ सर्लाही शाखाको ध्यानाकर्षण भएको विज्ञप्तीमा उल्लेख छ । एक जना संचारकर्मीलाई खुट्टा भाचिदिन्छु भन्दै धम्की दिनु प्रेस स्वतन्त्रा विरुद्ध हुनुका साथै अत्यन्त निन्दनीय हर्कत हो। म्हासंघ प्रेस स्वतन्त्रता विरुद्धको यस्तो धम्की लगायतका घटनामा संलग्न व्यक्ति पता लगाई तत्काल कानुनी कारवाहीको प्रक्रिया अगाडि बढाउन तथा प्रेसको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न र पत्रकारको सुरक्षामा गम्भिर बन्न सम्बन्धित निकायसँ माग गर्दछ सचिव सुनिल ठाकुर द्धारा हस्तक्षारित विज्ञप्तीमा उल्लेख छ । यसैगरी प्रस सेन्टर नेपाल जिल्ला समन्वय समिति, सर्लाहीले पनि पत्रकार शिव कुमारलाई आएको धम्कीको विषयमा प्रेस विज्ञप्ती जारी गरेको छ ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: