जनकपुरधाम, फागुन २२ गते।
समृद्धिको मुल मन्त्र शिक्षालाई आत्मसात गर्दै समाजसेवी नेता प्रदेश सांसद रामअशिष यादवले शहिदनगर नगरपालिका वार्ड नं ३ यदुकूहा स्थित श्री जनता एकाई माध्यमिक विधालय को स्थलगत निरिक्षण गरेका छन।
२०१६ सालमा स्थापित सो विधालयम कक्षा ११ ,१२ मा वाली विज्ञान “कृषि ” शिक्षा र व्यवस्थापन सहित प्राविधिक विषयहरुको अध्ययन अाध्यापन भैई रहेको कुरा प्रधानाध्यापक प्रदीप साहले जानकारी दिएका छन।
जर्जर अवस्थामा रहेको सो सामुदायिक विद्यालयमा प्रदेश सांसद यादवको पहल र प्रदेश सरकारको सहयोगमा दूई कोठे कक्षा कोठा भवन पछिल्लो वर्ष निर्माण गरिएको थियो ।
निरिक्षणको क्रममा प्रदेश सांसद यादवले गुणस्तरीय शिक्षा को लागि विधालयको भौतिक पूर्वाधार विकास हुनु अति आवश्यक रहेको कुरा बताएका छन।
सो विद्यालयमा नर्सरी कक्षा देखि कक्षा १२ सम्म १ हजार ७ सय ३७ वालवालिकाहरु अध्ययन गरिरहेका कुरा विधालयका प्रधानाध्यापक प्रदीप साहले जानकारी दिएका छन।
विधालय निरिक्षणको क्रममा शहिदनगर नगरपालिका वार्ड नं ३ का वार्ड अध्यक्ष मनोज दास,विधालय व्यवस्थापन समिति का अध्यक्ष नागेन्द्र कुमार मंडल ,वार्ड सदस्य प्रदीप यादव सहितको उपस्थित रहेका थिए ।
सो निरिक्षणको क्रममा विधालयका नव नियुक्त प्रधानाध्यापक प्रदीप साहलाई प्रदेश सांसद यादवले सम्मान गरेका छन।

[

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको