जनकपुरधाम।
जनकपुरधाममा स्कुल बसको ठक्करबाट मृत्यु भएका परिवारलाई मधेस प्रदेश संसदीय दलका माओवादी केन्द्रका नेता भरत प्रसाद साहले भेट गरेका छन् ।
बिहीबार घरमै पुगेर मृतक परिवारलाई संवेदना प्रकट गर्दै उनले दोषीलाई कानुनी कारबाहीको लागि पहल गर्ने आश्वासन समेत दिए।
गत फागुन २० गते जनकपुर–जलेश्वर सडक खण्ड अन्तर्गत जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २३ स्थित बिन्धीमा प्र २–०२–००१ क ०४३१ नम्बरको एंजल्स स्कूलको बसले ठककर दिँदा दुईजनाको मृत्यु ६ जना घाइते भएका थिए ।
विवाहको लागि माटो ल्याउँन जाँदै गरेको महिलाहरुको भीडलाई तिव्रगतिमा रहेको बसले ठक्कर दिँदा स्थानीय ५८ वर्षीया देवकली साह र २६ वर्षीया राखी देवी यादवको ज्यान गएको थियो ।
माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेता तथा पूर्व गृहमन्त्री समेत रहेका साहले घरमा पुगेर घटनाको विषयमा जानकारी लिएका छन् ।
मृतक परिवारहरुले लापरबाही गरेर भीडमाथि बस चढाउने चालकलाई प्रहरीले सवारी ज्यान मुद्दा मात्र दर्ता गर्न खोजेको गुनासो गरेका थिए ।
भीड हेरेर पनि अत्यधिक गतिले भिडमाथि बस चलाएर ठूलोजनधनको क्षति पुर्याउने बस चालक र स्कुलका संचालकसहितमाथि कर्तव्यज्यान मुद्दा दर्ता गर्नुपर्ने मृतक परिवारहरुको माग छ ।
यधपी प्रहरीले कर्तव्यज्यान मुद्दा दर्ता गर्न इन्कार गरेर दोषी बचाउन खोजेको पीडित परिवारहरुले गुनासो गरे।
पुर्व मन्त्री साहले जथाभावी बस चलाएर घटना घटाउने चालक र स्कुल संचालकमाथि कानुन बमोजिम कारबाहीको लागि आफूले पहल गर्ने आश्वासन दिए ।
‘जथाभावी बस चलाएर जनधनको क्षति पुर्याउने दोषीमाथि कारबाही हुनुपर्छ । म यसको लागि पहल गर्छु’ नेता साहले भने ।
मृतक राखी यादवको घरमा नन्दको विहे थियो । साँझ विवाह मण्डपको विधिको लागि माटो ल्याउन जान लागेको बेला तिव्रगतिमा आएको बस महिलाहरुको भीडलाई ठक्कर दिएको थियो ।
जसमा राखी र छिमेक देवकलीको मृत्यु भयो । ६ जना घाइते भएका थिए । उनीहरुको उपचार अहिले पनि जारी छ ।मृतक राखी देवी यादवका अढाई वर्षीय छोरा र ४ वर्षीया छोरी छन् । घटनापछि नन्दको विहे एकवर्षको लागि सरेको छ ।
राखीका श्रीमान रामसिकिल यादवले रुदै रुदै भने डोलीको ठाउमा अर्थी उठियो अब यो अबोध बालबालिकालाई के हुन्छ ।
राखीका साढे चार वर्षका छोरी अनया यादव र अढाई वर्षका छोरा अभिराज यादवले आमालाई खोजिरहेको बेला राखीका श्रीमानले बच्चाहरुलाइ एउटै उतर दिराखिरहेको छ तिम्रो आमा लाई जनककपुरधाममा उपचार भइरहेकोे भने पछि बच्चा चुप लाग्छ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको