रौतहट
पतौरा पुरातात्विक महादेव मन्दिरलाई बिश्व सम्पदा सूचिमा सुचीकृत गराउने र मधानी महायज्ञलाई अंतर्राष्ट्रीय स्तरमा पुर्याउने संकल्प सहित मौलापुर नगरपालिकाद्वारा फाल्गुण २२ गते देखि २६ गते सम्म ५ दिवसिय मधानी महोत्सव जम्मा ७३ लाखमा सम्पन्न भएको छ ।


यो महोत्सवमा भारतीय सुपरस्टार गोविन्दा, नेपाली सुपरस्टार पल साह, सुपरस्टार नायिका निलम गिरि, बिश्व चर्चित पहलवान बबिता फोगाट लगायत दर्जनौ प्रसिद्द कलाकार तथा खेलाडीहरूको सहभागिता, बाबाधामको मुल पुजारीहरु र संस्कृत बिश्व बिधालयको आचार्यहरुले मन्दिरमा पुजा गराए साथै विशाल संख्यामा निकालिएको भगवान शिवको बारात यात्रा थियो र बिभीन्न शिव मण्डली सहितकाे शिवलिला प्रदर्शन रहेकाे थियो ।
दुनियालाई तरंगित गर्ने यस्तो बिशाल कार्यक्रम यति कम रकममा भब्यताका साथ सम्पन्न हुनु मितब्यीता, सुशासन, पारदर्शिता र सदाचारको क्षेत्रमा उदाहरणीय बनेको छ ।
सरकारी निकायमा खर्च बिवरण माग्दा पनि नदिने अहिलेको परिवेशमा नगरपालिकाले आँफै खर्च विवरण सर्वाजनिक गर्नु आफैंमा सराहनीय एवं उदहरणीय कार्य हो । मौलापुर नगरपालिका बिकास र सेवासुविधा उदाहरण मात्र नभई अब पारदर्शिता, जवाफदेहिता र सुशासनको क्षेत्रमा पनि प्रख्यात छ ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको