सर्लाही,३ चैत्र। सझझर्लाहीको हरिपुर्वा नगरपालिका तथा पर्सा गाउँपालिकामा रुपान्तरण सहजकर्ता कक्षा संचालनले किशोर किशोरीमा सकारात्मक परिवर्तन भइरहेको छ ।
हरिपुर्वा नगरपालिका र पर्सा गाउँपालिका अन्तर्गत वर्ल्ड भिजन इन्टरनेसनल नेपालको सहयोग तथा बागमती सेवा समाज नेपालको आयोजनामा सुरु गरिएको तालिमले सहभागी किशोर किशोरीमा आमुल परिवर्तन भएको सहभागीले जनाएका छन । तालिम बिहीबार बाट सुरु भई शनिवार सम्पन्न भएको छ।
रुपान्तरण सहजकर्ता तालिममा सहभागी हरिपुर्वा तथा पर्साका किशोर किशोरीलाई नागरिक सहभागिता,मेरो संसार आत्मजागरण, अधिकार र कर्तव्य ,परिचय, लैङ्गकतामा आधारित हिंसा, यौन तथा प्रजनन स्वास्थ्य, राम्रो बानी, खर्च र बचत, किशोरावस्था लगायत १४ वटा खण्डहरुको बारेमा जानकारी गराइएको बागमती सेवा समाज नेपालका परियोजना संयोजक प्रमेश बाँदेले जानकारी दिनुभयो ।
कक्षा १२ अध्यनरत हरिपुर्वा वडा नं ९ बस्ने रविना चौधरीले रुपान्तरण सहजकर्ता तालिमले आफुहरुमा ठुलो परिवर्तन भएको बताएकी छन । उनले पहिला बोल्न लाज लागथ्यो, डराउथे तर अहिले आफुले नै रुपान्तरण सहजकर्ता कक्षा लिन थालेको बताउछिन् । अहिले मेरो काम देखेर छिमेकी तथा अभिभावकले गर्ब महसुस गर्ने गरेको चौधरीले बताएकी छन ।
रुपान्तरण सहजकर्ता तालिमका अर्का सहभागी पर्सा गाउँपालिका वडा नं ५ बस्ने राहुल पंडितले पहिला आफुले आफ्नै शरिरको बारेमा अनभिज्ञ रहेको र हाल पुर्ण रुपले जानकारी पाएको बताए । अहिले लैङ्गकतामा आधारित हिंसा, यौन तथा प्रजनन स्वास्थ्य, राम्रो बानी, खर्च र बचत लगायत विभिन्न विषयमा राम्रो ज्ञान भएको पंडितले बताए ।
तालिममा २४ जना किशोर किशोरीको सहभागीता रहेको फिल्ड मोविलाईजर मुकेश कुमार साहले जानकारी दिनुभयो
Copyright © 2024, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: