सर्लाही । सर्लाहीमाको मलंगवा नगरपालिकामा रहेको स्तुती सम्य हेल्थ केयरका संचालक डा. गुणेश्वर झाले यतिबेला  सराहनीय कार्य निरन्तर रुपमा गर्दै आउनु भएको छ ।

डा. झा यतिबेला विपन्न नागरिकहरुको समस्यामा मलम लगाउने कार्य गरिरहनुु भएको छ । उहाँले हाल सम्ममा विभिन्न किसिमका  दुखि, विपन्न तथा दलित व्यक्तिहरुलाई सहयोग गरि सकनु भएको छ ।

यसै क्रममा उहाले कौडेना गाउँपालिका वडा नं. १ बस्ने मनोहरी देवी बैठालाई छोरीको विबाह गर्न नगद रु. १० हजार सहयोग गर्नुभएको छ ।

समृद्ध सर्लाही निर्माणका अभियन्ता समेत रहेका डा. झा अति विपन्न, बुवा गुमाएका छोरीहरुलाई सहयोग गर्दै आइरहनुु भएको छ । उहाले केहि दिन अघि मात्र कविलासी नगरपालिका वडा नं. ९ निवासी बिन्देश्वर ठाकुरको छोराको नेशनल मेडिकल कलेज बिरगंजमा उपचार गराउनको लागि समेत रु. ५० हजार आर्थिक सहयोग गर्नुभएको थियो ।

डा. झा बाल रोग विशेषज्ञ डाक्टर हुनुुहुन्छ, उहाले अस्पतालमा विपन्न नागरिकका बालबालिकाहरुलाई निःशुल्क उपचार समेत गर्दै गरेको प्रशस्त उदाहरणहरु छन । उहाँले सर्लाहीमा बेसाहारा विपन्न नागरिकको अहिले  सहारा बन्दैँ उदाहरणीय तथा सराहनीय कार्य गर्दै आइरहनुु भएको छ ।

त्यस्तै उहाँले शितलहर प्रभावित अति विपन्न नागरिकलाई समय समयमा न्यानो कपडा समेत वितरण गर्नुभएको छ । डा झा. ले दलित विपन्न नागरिकहरु जस्तो समस्या पर्दा पनि हेर्ने गर्नुभएको छ ।

डा. झाले आफुले गरिब दुखिको समस्यामा सहयोग गर्न पाउँदा आत्म सन्तुुष्टि तथा ठुलो खुसि महसुुुुस भएको बताउनुुभयो ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको