सर्लाही । नेपाली काँग्रेस सर्लाही क्षेत्र नम्बर ३ को क्षेत्र स्तरीय प्रशिक्षण सर्लाहीको बरहथवामा आजबाट सुरु भएको छ। प्रशिक्षणको नेपाली काँग्रेसका केन्द्रीय सदस्य डाक्टर डीला संग्रौला पन्त र सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहले सामुहिक उद्घाटन गर्नुभयो ।
प्रशिक्षण आज र भोलि दुई दिन चल्ने क्षेत्रीय सभापति पुन्यप्रसाद घिमिरेले जानकारी दिनुभयो ।भोलि बुधबारसम्म चल्ने प्रशिक्षणमा सर्लाही क्षेत्र नम्बर ३ का ५२ वटा वडाका वडा सभापति क्रियाशील सदस्य तथा कार्यकर्ताहरुको सहभागीता रहेको छ।
भोलिसम्म चल्ने प्रशिक्षणमा डाक्टर कृष्णप्रसाद पौडेल र डाक्टर सुरेश आचार्यले प्रशिक्षण दिनुहुने नेपाली काँग्रेस सर्लाहीले जानकारी दिएको छ। काँग्रेसको भुमिका,आगामी निर्वाचनको तयारी ,समुदायमा काँग्रेस र नेतृत्वको जिम्मेवारी लगायतका विषयमा प्रशिक्षण भइरहेको छ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: