जनकपुरधाम ,चैत १६


उपप्रधानमंत्री उपेन्द्र यादवले शुक्रबार मधेश प्रदेशको महत्वाकांक्षी ७५ शैय्याको धनुषा बर्थिङ्ग सेंटरको जनकपुरमा उद्घाटन गरेको छ।
यूएस इन्डो पेसेफिक कमांड एवं अमेरिकी दूतावासको सहयोगमा निर्मित सो सेंटरको उद्घाटन गर्नुहुंदै स्वास्थ्य तथा जनसंख्या मन्त्री यादवले सहयोगका लागि अमेरिकी जनता, अमेरिकी सरकार र दूतावासलाई धन्यवाद दिए।
नेपाल अमेरिकी र अमेरिका मधेस मैत्रीको प्रतीक यो सेंटर कोसे ढुंगा हो उहांले भन्नुभयो।
उहांले स्वास्थ्य सेवा प्रभावकारी बनाउन पर्याप्त जनशक्ति र प्रतिबद्धता आवश्यक रहेकोपनि बताए ।
“जनताको सेवा गर्न मैथिलहरुले उदाहरण बनेर देखाउनुपर्छ”, उपप्रधानमंत्री यादवले जोड दिए।
अमेरिकी राजदूत डीन थम्सनले अमेरिकी सहयोगमा विराटनगरपछि जनकपुरमा स्थापित यो सेंटरले जनतालाई मदत पुग्ने विश्वास व्यक्त गर्नुभयो।
संघीय मंत्रालयको स्वास्थ्य सचिव डा रोशन पोखरेलले विचारोत्तेजक मन्तव्य दिनुभयो।
निजी क्लिनिक राम्रो भएर हुंदैन, यो अस्पताल हाम्रो हो, हाम्रो ज्यान हो भन्ठानेर चिकित्साकर्मीहरुले काम गर्नुपर्छ, उहांले अपील गर्नुभयो।
“नपुग कसैलाई छैन,लोभ कम गरौं। मेरो मुटुमापनि दुइटा स्टेन छ। अहिले गर्न सकेनौ भने कहिल्यै गर्नसक्दैनौ , यो प्रदेश मेरो पनि प्रदेश भएको नाताले भन्दैछु, सचिव डा पोखरेलले भन्नुभयो।
यसअघि मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा डा रामनरेश पंडितले अन्यत्र एक जनामा ३/४ हजार बजेट आउंछ तर ६३ लाख आवादी भएको मधेश प्रदेशका लागि प्रति व्यक्ति रु आठसय जतिमात्र बजेट आउंछ ।अनि हामीजस्तो गरिब प्रदेश कसरी स्वस्थ्य हुन्छौं भनी प्रश्न गर्नुभएको थियो।
प्रदेश स्वास्थ्य सचिव डा प्रमोद यादवले विगतका समस्याहरु गनाउंदै क्रमश धेरै कुरा गर्वलायक हुंदै गएको जानकारी दिनुभयो।
तर उपचार सेवा अझ राम्रो गर्न जरुरी छ
चिकित्सकहरुले अलिकता आफ्नो लाजधर्म र राजधर्मको पालना गर्नुपर्छ, सचिव डा यादवले भन्नुभयो।
उक्त अवसरमा प्रदेशका स्वास्थ्य तथा जनसंख्या मंत्री शत्रुघन सिंह तथा राज्यमंत्री केशवराय चौधरीले पनि स्वास्थ्य सेवामा सहयोगको लागि वचनबद्धता व्यक्त गर्नुभएको थियो।
कार्यक्रम मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपति डा अंकुर साहको सभापतित्वमा भाएको थियो।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको