सर्लाही,१९ चैत्र

सर्लाही सदरमुकाम मलंगवामा प्रहरीले हुण्डी कारोबार गरेको आरोपमा स्रोत नखुलेको २७ लाख बढी नगद रकम सहित दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मलंगवा नगरपालिका वडा नं ३ बस्ने अन्दाजी२४ वर्षीय कमर राजा र लालबन्दी नगरपालिका वडा नं ७, घरभई मलंगवा नगरपालिका वडा नं ९ स्थित फोन सिटी मोबाइल पसल सञ्चालन गर्ने ४० वर्षीय आरिफ अन्सारी रहेका छन् ।

आइतवार मलंगवा बजारमा अवैध हुण्डी कारोवारको रकम ओसार पसार भई रहेको सूचनाको आधारमा प्रहरी निरीक्षक सविन कुमार कार्कीको कमाण्डमा आवश्यक प्रहरी टोली परिचालन गरी उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय सर्लाहीले जनाएको छ।

प्रहरीले मलंगवा नगरपालिका वडा नं.९ स्थित सडक खण्डमा पुग्दा कमर राजालाई शंकास्पद अवस्थामा चेक गर्दा कालो रंडको झोलामा रु १० लाख र लक्ष्मी सनराईज बैंक लि.को ९ लाख ९० हजार जम्मा गर्ने २ वटा भौचर समेत फेला परेको प्रहरीले जनाएको छ।

उक्त रकम कहाँबाट ल्याएको भनि कमर राजालाई सोधपुछ गर्दा वडा नं ९ स्थित संचालन गरेको फोन सिटी मोबाईल पसलबाट ल्याएको भनि खुलाएको थियो ।

अभियुक्त कमर राजालाई उक्त नगद सहित नियन्त्रणमा लिई आरिफ अंसारीले सञ्चान गरेको फोन सिटी मोबाईल पसलमा कानुन बमोजिम खानतलासि गर्दा पसल भित्र रहेको र्याकको तल खैरो रङको कपडाको झोला भित्र कालो प्लाष्टीक भित्र लुकाई छिपाई राखेको रु.१७ लाख ७५ हजार ९ सय ७० रुपैया बरामद गरिएको थियो ।

हुण्डी कारोबारीकमर राजा र अंसारी दुवै जनाको रकम गरी रु.२७ लाख ७५ हजार ९ सय ७० रुपैया बरामद गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरीक्षक दयानिधि ज्ञावालीले जानकारी दिनुभयो ।

बरामद रकमको स्रोत बताउन नसकेपछि उनीहरुले अवैध हुण्डी कारोबार गरेको आशंकामा अनुसन्धान सुरु गरिएको प्रहरी उपरीक्षक ज्ञावालीले जानकारी बताउनुभयो ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको