जनकपुरधाम/चैत २१ गते
जनकपुरधाम स्थित माता राजदेवी मन्दिर मा हुने चैती दशैं कार्यक्रमको सम्पुर्ण जिम्मेवारीको संयोजकमा का.का.सदस्य दिपक गुप्तालाई चयन गरिएको छ।
श्री महाविर युवा कमिटिको चैत १९ गते बसेको बोर्ड बैठकले चैत २७ गते देखि बैशाख ९ गते सम्म हुने चैती दशैं कार्यक्रमको संयोजकमा श्री महाविर युवा कमिटिको का.का.सदस्य दिपक गुप्ता सर्वसहमतिले चयन गरिएको हो ।
प्रत्येक बर्ष राजदेवी मन्दिरमा चैती दशै धुमधामका साथ मनाउने गरिन्छ। नेपाली चाडपर्वमा चैती दशैंको पनि महत्त्वपूर्ण स्थान रहेको छ । नेपाल भरिमा चैती दशैं विभिन्न ठाउँमा मनाइने गरिन्छ । असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रूपमा लिइने दशैं हिन्दुधर्मावलम्बीहरूले वर्षमा दुइपटक मनाउने गर्दछन् । असोजमा मनाईंने दशैंलाई बडादशैको रूपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा मनाईंने दशैंलाई चैती दशैं । एक वर्षमा चैत र असोज महिनामा गरी दुई पटक पुज्ने दुर्गा पूजाको हिन्दु धर्म शास्त्रहरूमा विशेष महत्त्व रहेको उल्लेख गरिएको छ ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको