तेली कल्याण समाज समन्वय समितिको आयोजनामा तेली कल्याण समाज, नेपाल जनकपुरधाम नगर स्तरीय भेला सम्पन्न भएको छ ।
त्यो भेला बाट तेली कल्याण समाज,नेपाल जनकपुरधाम नगर स्तरीय २५ जनाको कार्यसमिति गठन समेत भएको हो।
रामबाबु साहको अध्यक्षतामा मनोनयन गरिएको नयाँ कार्यसमितिमा उपाध्यक्षमा सतिष रमण साह, महिला उपाध्यक्षमा कौश्ल्यादेवी साह,महासचिवमा अम्बुप्रसाद साह,सचिवमा सुनिलकुमार साह र कोषाध्यक्षमा सुभाषचन्द्र साह रहेका छन् ।

त्यस्तै सदस्यमा निरंजन साह,संतोष साह,विरेन्द्र साह,रंजीत साह,सुनैना देवी साह,रामकरण साह,राकेश कुमार साह,जयप्रकाश साह,रवि कुमार साह,गीता देवी साह,रामस्नेही साह,सुरेश साह,तेजनारायण साह,रामदुलार साह,महेश साह,वाभु साह, रामनन्दन साह,रामकुमार साह र जीवछ साह रहेको तेली कल्याण समाज समन्वय समितिका संयोजक ललित साहले बताए ।
वक्ताहरुले कार्यक्रममा बोल्दै जनकपुरधाम उपमहानगरपालिकामा सबैभन्दा बढी तेलीको मात्र १३ हजार ५ सय मतदाता रहे पनि तेलिको कुनै मुल्यांकन कुनै पार्टीले नदिएको मा दुखेसो पोखे।
पुर्व मेयर बजरंग प्रसाद साहले भने आपसी द्वन्द्वका कारण तेली जाती पछि परेको बताए ।


अबदेखि हामीहरू एकजुट भएको पनि बताए ।
आउदो निर्वाचन २०८४ मा जनकपुरधामका मेयर तेली जातिको रहने जनकपुरधाम उपमहानगरपालिका मेयर प्रत्यासी जानकीराम साहले ठोकुवा गरे।
तेली जातिलाई एकीकरण गर्नुमा सबैभन्दा बढी अहम् भुमिका जनकपुरधाम उपमहानगरपालिकाका वडा नम्बर ३ का वडा अध्यक्ष दिपेन्द्र साहको रहेकोे छ।
त्यस्तै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष प्रमेश्वर साहले कार्यक्रम सफल पार्नमा उस्तै भुमिका खेलेको छ।
कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका पुर्व मेयर बजरंग प्रसाद साह, जनकपुरधाम उपमहानगरपालिकाका वडा नम्बर ९ का वडा अध्यक्ष प्रमेश्वर साह, वडा नम्बर ६ का वडा अध्यक्ष दिनेश साह,वडा नम्बर ३ का वडा अध्यक्ष दिपेन्द्र साह, वडा नम्बर १९ का वडा अध्यक्ष विनोद साह,वडा नम्बर ७ का वडा अध्यक्ष निरज साह मुन्ना, वडा नम्बर १२ का वडा अध्यक्ष महेन्द्र साह, जनकपुरधाम उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष मनिष रमण साह, उपाध्यक्ष अम्बुप्रसाद साह,डा.राजेश साह, तेली कल्याण समाज, नेपालका केन्द्रिय पुर्व उपाध्यक्ष रामबाबु साह, जनकपुरधाम उपमहानगरपालिका मेयर प्रत्यासी जानकीराम साह लगायतका आफ्नो मन्तव्य राखेको थियो।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको