नयाँ वर्ष-२०८१ को शुभ अवसरमा आइतबार आजपाद्वारा बारा क्षेत्र-२ को विभिन्न पालिकामा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकोछ ।
बारागढ़ी गाऊँपालिकाको करैया, गढ़ीमाई नगरपालिकाको सिमरा, सुवर्ण गाऊँपालिकाको औरैया, देवताल गाऊँपालिकाको पिप्राढी र पचरौता नगरपालिकाको पिपरपाती लगायतका गाऊमा सम्पन्न कार्यक्रममा सहभागीहरुले धोखेवाज नेता एवं लुटकारी ब्यवस्थाको विरुद्ध निर्णायक आन्दोलन गर्ने प्रतिबद्धता व्यक्त गरेकाछन ।

आजपा अध्यक्ष मा. प्रभु साहको प्रमुख आतिथ्य एवं आजपा उपाध्यक्ष अशोक लामा, महासचिब त्रिभुवन साह, प्रदेश अध्यक्ष उमेश कुशवाहा लग़ायतका नेताहरुको बिशेष उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा शुभकामना आदानप्रदान रहेका थिए ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको