हरिपूर्वा, ३ बैशाख । सर्लाहीको हरिपूर्वा नगरपालिका ७ मा बालमैत्री सिकाई केन्द्र स्थापना गरिएको छ ।

वल्र्ड भिजन इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा बागमती सेवा समाज नेपालले बालमैत्री सिकाई केन्द्र स्थापना गरेको हो । उक्त सिकाई केन्द्रको सोमबार हरिपूर्वा नगरपालिकाका उपप्रमुख सुमित्रादेवी ग्वारनीले उद्घाटन गरेकी छन् ।

सिकाई केन्द्रका लागि वल्र्डभिजन इन्टरनेशनलले तीन थान कम्प्युटर, तीन थान टेबल, आठ थान कुर्सी, बसाई व्यवस्थापन, ८० थान ज्ञानमूलक किताब, किताब राख्ने दराज र तीन महिनासम्मका लागि कम्प्युटर प्रशिक्षकको व्यवस्था गरिदिएको बागमती सेवा समाज नेपालका कार्यक्रम संयोजक प्रमेश बादेले बताए ।

बागमती सेवा समाज नेपालका कार्यक्रम प्रमुख भरतकुमार कार्कीले नगर उपप्रमुख ग्वारनी र हरिपूर्वा ७ का वडाध्यक्ष उमेशकुमार यादवलाई बालमैत्री सिकाई केन्द्र हस्तान्तरण गरेका छन् ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको