काठमाडौं ।
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिअन्तर्गत नेवाः राष्ट्रिय परिषद र स्वनिगः विशेष ब्युरोले काठमाडौं जिल्ला प्रशासन कार्यालयले ज्ञापनपत्र बुझाएको छ ।m
नेवाः राष्ट्रिय परिषद्का संयोजक सुमन सायमी र स्वनिगः विशेष ब्युरोका संयोजक रवीन्द्र कुमार श्रेष्ठले संयुक्तरुपमा काठमाडौं जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएका हुन् ।
‘रैथाने नाम फिब्व ख्यःबाट षड्यन्त्रपुर्वक रुपमा यो स्थानलाई माईतिघर मण्डला भनिन थालियो। नयाँ नामले यो भूमिकोस्वदेशी पहिचान बोकेको नाम नै विस्थापित गरि औपनिवेशिक नाम हाबी हुन गएको छ । यसले नेवाः राष्ट्रको आत्मसम्मानमा चोट पु¥याएको सम्पूर्ण नेवाःको बुझाइ रहेको छ ।’ ज्ञापनपत्रमा भनिएको छ ।
राष्ट्रिय मुक्ति क्रान्तिले भनेको छ, ‘यसले सत्ता र सरकार नेवाःको पहिचान स्वीकार्न तयार नरहेको कुरा प्रष्ट भएको छ । तसर्थ नेवाः पहिचान र सभ्यतालाई स्थापित गर्न निरन्तर संघर्षरत नेवाः राष्ट्रका जनताहरू जिल्ला प्रशासन कार्यालयलाई फिब्व ख्यः लेखिएको बोर्ड किन हटाईएको हो र सो बोर्ड कँहा छ भन्नेवारेकारण सहित स्पष्ट पारोस भन्न चाहन्छौं ।’
प्रशासनद्वारा भएको यस्तो साँस्कृतिक अतिक्रमणको जिम्मेवारी प्रशासनले लिँदै आगामी दिनको यस्तो अतिक्रमण नदोहो¥याउन पनि राष्ट्रिय मुक्ति क्रान्तिले चेतावनी दिएको छ ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: