जनकपुरधाम,वैशाख १२ गते।

समृद्धिको मुख्य आधार स्तम्भ शिक्षालाई सुधार गर्न उदेश्य ले धनुषा शहिदनगर नगरपालिकाको एक सामुदायिक विधालयमा अभिभावक भेलाको आयोजन गरिएको छ।
शिक्षा सुधार नियमित अभ्यासको क्रममा श्री जनता आधारभूत विधालय पचहर्बा वासुदेवपट्टी मा आयोजित अभिभावक भेला मा सहभागी अधिकांश वक्ताहरूले राज्य र समुदायबाट उपेक्षित सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार गर्न सरोकारवाला निकाय र जनप्रतिनिधिहरुले सक्रियता नदेखाएको कारण सामुदायिक विधालयमा अध्ययनरत वालवालिकाहरुको संख्या दिन प्रतिदिन न्युन हुदै गएको,पठन पाठन पनि व्यवस्थित हुन नसकेको, भौतिक संरचना ध्वस्त भएको र शिक्षकहरुको मनोवल खस्केको कारण मधेशको शिक्षा अवस्था निकै कमजोर भएको कुरामा जोड दिएका छन।

वालवालिकाहरुलाई ज्ञान, संस्कार र समृद्धि का लागि गुणस्तरीय शिक्षा आवश्यक रहेको साथै सभ्य र समृद्धि समाज निर्माण का लागि सामुदायिक बिधालयको शैक्षिक अवस्था सुधार गर्नुपर्ने कुरामा वक्ताहरूले जोड दिएका छन।
विधालय व्यवस्थापन समितिका अध्यक्ष शिबनाथ साहको अध्यक्ष्ता र शिक्षा प्रेमि प्रदेश सांसद रामअशिष यादवको विशेष उपस्थितिमा सम्पन्न अभिभावक भेलामा शिक्षा प्रेमि माथुरा मंडल,पुरुषोम कार्माचार्य,रामदयाल माझी,पिताम्बर मंडल,प्रअ नारायण मंडल,रामसागर मंडल,विजय कुमार साह,राजदेव पासमान सहितका शिक्षा प्रेमिहरुले विधालय को शैक्षिक अवस्था सुधार सम्बन्धमा विचार व्यक्त गरेका छन।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको