धनुषा जिल्लामा आइतबार देखि हात्तीपाइले राेग विरुद्ध आम औषधी सेवन अभियान संचालन हुने भएकाे छ ।
स्वास्थ्य कार्यालय धनुषाले राष्ट्रिय हात्तीपाइले राेग निवारण कार्यक्रम २०८१ काे अन्तर्गत आम औषधी सेवन अभियान बारे पत्रकारसंग गरेकाे अन्तरक्रिया कार्यक्रम साे कुरा निमित्त प्रमुख युगल यादवले बताए।

आम औषधी सेवा अभियान अन्तर्गत बैशाख १६ देखि ३० गते सम्म हात्तीपाइले रोग विरुद्धको औषधि खुवाईने निमित्त प्रमुख यादवले बताए ।
स्वास्थ्य कार्यालय धनुषाका सिअहेब शिवजी दासले हात्तीपाइले रोग विरुद्धको औषधि खुवाउने अभियानमा लाग्न आम जनसमुदायलाई आग्रह समेत गरे।

हात्तीपाईले शारिरीक रुपमा असक्त गर्ने , असमर्थ तथा अपाङ्गता बनाउने एक सरुवा रोग भएकोले औषधी सेवन गरे मात्रै यो रोग बाट बच्न सक्ने दासले बताए ।
दासका अनुसार हात्तीपाइले (फाइलेरिया) रोग मानिसलाई लामखुट्टेको टोकाईबाट लाग्ने गर्दछ र शरीरमा परजीवि प्रवेश गरेको केही वर्षपछि मात्र यस रोगका असरहरु जस्तै हात्तीपाईले र अण्डकोष तथा खुट्टा सुनिने गर्छ ।

यता स्वास्थ्य कार्यालय धनुषाका अधिकृत रामबाबु ठाकुरले हाइटको अनुसार तीन वटा औषधि आइभरमेक्टीन ,DEC र Albendzole खुवाइने बताए ।
ठाकुरले भने हात्तीपाइलेको औषधि खाँदा साईड इफेक्टमा ज्वरो आउने, रिङटा लाग्ने , वाकवाकी लाग्ने, वान्ता हुने , पेट दुख्ने जस्ता सामान्य असरहरु देखिन सक्ने सम्भावना हुन्छ बताए ।
धनुषा जिल्लामा यस पटककाे अभियानमा करिव ८ लाख ७४ हजार जनालाई औषधी खुवाउने लक्ष्य रहेकाे स्वास्थ्य कार्यालय धनुषाको प्रमुख उमेश कुमार यादवले बताए ।

धनुषामा मात्र १ हजार ३ सय ५० जना रोगी रहनुका साथै जनकपुरधाम उपमहानगरपालिका क्षेत्रमा मात्र २ सय २ जनामा संक्रमण देखा परेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
भारतसँग सीमाना जोडिएको नगराईन नगरपालिकामा १ सय ९५ जना तथा मुखीयाट्टी गाउँपालिकामा १ सय ५ जनामा संक्रमण फेला परेको छ । धनुषाका १८ पालिकामा नै हात्ती पाईले रोगबाट संक्रमित फेला परेको पनि स्वास्थ्य कार्यालय धनुषाका सिअहेब शिवजी दासले बताए ।
हात्ती पाइलो रोगको संक्रमण मधेश प्रदेशसहित भारतसँग सिमाना जोडिएको तराई मधेशका ७ जिल्लामा संक्रमितहरु फेला परेपछि यस रोग विरुद्धको औषधि खुवाउने अभियान वैशाख १६ गतेबाट शुरु हुने बताए ।

अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश कुमार यादव, जुगल किशोर यादव, अधिकृत नागेश्वर यादव, नेपाल पत्रकार महासंघ धनुषाका उपाध्यक्ष अवधेश कामत लगायतकाे उपस्थिति रहेको थियो । कार्यक्रममा धनुषाका पत्रकारहरुले औषधी समेत खाएको थियो ।
नेपाल सरकारले सन् २०३० भित्र हात्तीपाइले राेग निवारण गरि हात्तीपाइले मुक्त राष्ट्र घाेषणा गर्ने लक्ष्य राखेकाे छ ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको