मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द बहादुर न्यौपानेले सुरक्षित तथा भरपर्दो मासु तथा दुग्धको उत्पादन तथा वितरणका लागि प्रदेशमा मासु तथा दुग्ध मिसन कार्यक्रम सञ्चालन गर्ने तयारीमा सरकार रहेकोे बताएका छन् ।
“पशु चिकित्सकहरु आवश्यक स्वास्थ्यकर्मी हुन्” मूल नारा सहित२४ औं विश्व भेटेरिनरी दिवस २०८१ को अवसरमा शनिबार जनकपुरधाममा भएको कार्यक्रममा मन्त्री न्यौपानेले बोल्दै वनस्पति, पशु तथा मानवका बीचमा अन्योन्याश्रित सम्बन्ध भएको बताउदै एकको अभाव विना अर्कोको कल्पना गर्न नसकिने समेत बताए ।
रोगका बारेमा बोल्न नसक्ने पशुको पिडा बुझेर उपचार गर्ने पशु चिकित्सक महान भएको बताउदै ग्रमिण क्षेत्रमा पशु स्वास्थ्यकर्मीहरु वस्न नरुचाउनुले पशु अधिकार माथि कुठित गर्ने काम भएको बताउदै देशको तथा मधेशको निर्माण गर्नका लागि सामूहिक अठोटको आवश्यकता भएको मन्त्री न्यौपानेले बताए ।

मानवमा सत्तरी प्रतिशत जुनेटिक्स रोगहरु पशुवाट सर्ने भएकाले पशु जन्य पदार्थको सेवन तथा उपभोग सुरक्षित किसिमले गर्नका लागि विज्ञहरुले सुझाव समेत दिए।
मानव, पशु तथा वनस्पतिका बीचमा अन्योन्याश्रित सम्बन्ध भएकाले पशुपाल तथा पशुजन्य पदार्थको उपभोग सुरक्षित किसिमले गर्नका लागि विज्ञहरुले सुझाव दिए।
भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र धनुषाको आयोजनामा भएको सो कार्यक्रममा मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री गोविन्द बहादुर न्यौपानेले पशुमा लाग्ने सवै रोगहरुको व्यवस्थित उपचार तथा अनुसन्धानका लागि प्रदेश स्तरको अस्पताल प्रदेश सरकारले निर्माण गरेर सञ्चालन गर्ने गरि अगाडी बढेको बताए ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै प्राध्यापक डा. निदेश कुमार सिंहले मानवमा प्रयोग गरिने अधिकांश औषधिहरुको परीक्षण पहिला पशुमा गरिने भएकाले मानव जीवनमा पशुको निक्कै ठूलो महत्व रहेको बताए ।
उहाँले पशुपालन तथा यसको संरक्षणमा मानव हजारौ वर्ष देखि लागेको बताउदै महाभारतकालमा घाईते घोडाको उपचार नकूल र सहदेवले गर्ने गरेको उदाहरण भएको बताए ।
सिंहले भने वर्षमा ३० लाख मानिस शुद्ध खाना तथा पानी नपाएर विरामी पर्ने गरेको बताउदै पशु तथा मानवका बीचमा गरिहो सम्बन्ध रहेको समेत बताए ।
अध्यक्षको आसनवाट बोल्दै भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डा.संजिव कुमार ठाकुरले मानवमा सर्ने ७० प्रतिशत जुनेटिक्स रोगहरु पशुवाट सर्ने भएकाले पशु पालन तथा पशु जन्य पदार्थको उपभोग सुरक्षित तरिकाले गर्न जरुरी रहेको बताए ।
सोही अवसरमा लामो समयसम्म पशुको क्षेत्रमा अध्ययन अध्यापन तथा अनुसन्धान गर्नु भएका प्राध्यापक डा. दिनेश कुमार सिंहलाई मधेश प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री न्यौपानेले कदरपत्र सहित सम्मानित गरे ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको