मधेश प्रदेशका जिल्लाहरूमा बालविवाहको उच्च दरमा कमी ल्याउनका लागि प्रदेश सरकारले वैशाख १७ गतेलाई बालविवाह विरुद्धको दिवसको रुपमा यस वर्ष पनि सोमबार मनाएको छ। बालविवाह विरुद्धको दिवस २०८१ छोरा छोरी बराबरी,बीस पारी बिहेबारी मधेस किशोर- किशोरी परिसम्वाद कार्यक्रमलाई सम्बोधन गर्दै सोमबार जनकपुरधाममा मधेश प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री सुरिता कुमारी साहले मधेश प्रदेश सरकारले १० वर्षे रणनीतिक योजना बनाएर बालविवाह रोक्नका लागि विभिन्न प्रवर्द्धनात्मक तथा प्रचारात्मक कार्यक्रम गर्दै आएको बताए । मन्त्री साहले भन्नुभयो बालविवाह रोक्नका लागि बेटी पढाऊँ बेटी बचाऊँ जस्ता कार्यक्रम गर्दै आएको समेत बताए । मधेश प्रदेशमा १५ वर्ष अगाडी बालविवाह गर्नेको सङ्ख्या ८.९ प्रतिशत रहेको छ । त्यसमा पनि वालिकाको विवाह गर्ने प्रतिशत १४.२ तथा वालकको विवाह २.१ प्रतिशतले हुने गरेको छ । जबकि राष्ट्रिय स्तरमा १५ वर्ष अगाडी नै बालविवाह गर्नेको ५.२ प्रतिशत मात्र रहेको तथ्यांकमा उल्लेख छ । त्यस्तै १८ वर्ष अगाडी बालविवाह हुनेमा वालिकाको ४६.० प्रतिशत, वालकको विवाह हुने प्रतिशत ७.८ प्रतिशत रहेको छ । समग्रमा मधेश प्रदेशमा १८ वर्ष अगाडी विवाह गर्नेको प्रतिशत २९.३ प्रतिशत रहेको छ जबकि राष्ट्रिय रुपमा २२.७ प्रतिशतले मात्र बालविवाह हुने गरेको छ । १५ देखि १९ वर्ष समूहमा मधेशमा वालिका विवाह हुनेको दर २४.९ प्रतिशत र वालक विवाह हुने ४.४ प्रतिशत रहनुभएको छ । मधेस प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका उपसचिव देव कुमारी खत्रीका अनुसार समग्रमा सो उमेर समूहमा विवाह हुनेको दर २४.९ प्रतिशत रहेको छ जबकि राष्ट्रिय स्तरमा यो उमेर समूहमा बालविवाहको विवाह हुने दर १२.८ प्रतिशत रहेको बताए । मधेश प्रदेशमा समग्र रुपमा बालविवाह ४२ प्रतिशतले हुने गरेको बताए । राष्ट्रिय स्तरमा हुने बालविवाह भन्दा मधेश प्रदेशमा हुने गरेको बालविवाहको दर उच्च रहेकाले यसको नियन्त्रणका लागि सबैको सामूहिक प्रयास गर्न आवश्यक भएको नीति आयोग सदस्य डा. शिला मिश्रले बताए । किशोर किशोरी सञ्जालका अध्यक्ष शहिदा खातुनको अध्यक्षतामा भएको सो कार्यक्रममा महिला, बालबालिका तथा न्यायिक समितिका सभापति रुपा यादव, सप्तरीको सुरुङ्गा नगरपालिकाका प्रमुख गीता चौधरी, मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्रालयका सचिव चूडामणि फुयाँल, प्रदेश नीति तथा योजना आयोगका सदस्य शिला मिश्र सहितका वक्ताहरूले बोल्नुभएको थियो । कार्यक्रममा बालविवाह विरुद्धको नाटक मञ्चन समेत गरे।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: