भंगहा-जनकपुर जयनगर रेल शुक्रबार देखि दिनसम्म बन्द हुने भएको छ । भारतमा हुन लागेको लोकसभा चुनावलाई लक्षित गरेर शुक्रबार रदेखि सोमबारसम्म भंगहा -जनकपुरबाट भारतको जयनगरसम्म रेल्वे सेवा अवरुद्ध हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक संचालक निरञ्जन झाले बताए। भारतको मधुवनी जिल्ला , सितामढी जिल्लामा संसदीय क्षेत्रमा मे २० तारिख सोमबार लोकसभाको चुनाव हुँदैछ । इन्डो नेपाल अन्तर्राष्ट्रिय बोर्डर सिल गर्ने गरी नेपाल भारत दुबै पक्षतर्फको बोर्डर जिल्ला कोर्डिनेसन कमिटीबाट भएको निर्णय अनुसार रेल सेवा तीन दिन बन्द रहने छ,’ प्रवन्धक झाले जारी गरेको सूचनामा भनिएको छ। महाप्रबन्धक झाले भन्ने ८ गते मंगलबार देखि उक्त खण्डमा साविक वमौजिम नै नियमित रूपमा रेलसेवा संचालनमा आउने बताए ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: