मधेश प्रदेशको रौतहट जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएका ५८ वर्षीय राजु मिश्र २ वर्षपछि पक्राउ परेका छन् । उनिमाथि अपहरण तथा कर्तव्य ज्यान मुद्दामा मुद्दा चलेको थियो । उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले जेठ ६ गते गौरकै नेपाल–भारत सीमानाबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी झलकप्रसाद शर्माले जानकारी दिए । जैसवालको हत्या गरी जुटको बोरामा बाँधेर स्थानीय नन्दवारा पुलमा फालेको अवस्थामा उवस्थामा २ दिनपछि शव फेला परेको थियो । उक्त घटनामा राजुसहित उनकै छोरा विवेक मिश्र, लक्षराज चौहान, धीरज झा, राहुल यादव, इन्द्रजित सिंह र विक्रम सिंहविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो । पक्राउ परेका मिश्रलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालतमा बुझाएको र अदालतले पुर्पक्षका लागि थुनामा पठाइसकेको उनले बताए । मिश्रको समूहले २० पुस २०७८ मा २७ वर्षीय रोहितकुमार जैसवाललाई अपहरण गरेर हत्या गरेको आरोप प्रहरीले लगाएको छ ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको