जनकपुर । नागरिकता सम्बन्धी कसुरमा मंगलबार काठमाडौंस्थित कान्तिपुर पब्लिकेसन्स कार्यालयबाट पक्राउ परेका सञ्चार उद्यमी कैलाश प्रसाद सिरोहियालाई धनुषा जिल्ला अदालतले तीन दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । जिल्ला न्यायाधिश चुरामन खड्काको इजलासले बुधबार दुवै पक्षको बहस सुनिसकेपछि अनुसन्धानका लागि सिरोहियालाई तीन दिन थुनामा राख्न अनुमति दिएको हो । त्यस अघि जिल्ला सरकारी वकिलको कार्यालयले सिरोहिया विरुद्ध लागेको अभियोगवारे छानबिनका लागि भन्दै पाँच दिन थुनामा राख्न अनुमति मागेको थियो ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: