जनकपुरधाम । विहीवार वैशाख शुक्ल पक्षको पूर्णिमा उक्त दिनलाई बुद्ध जयन्ती पनि भनिन्छ । सो अवसरमा सरकारी,गैर सरकारी अनि संस्थागत कार्यालयहरुमा सार्वजनिक विदा दिइयो । तर जनकपुरमै धेरैजसो सँस्थागत विद्यालयले उक्त सार्वजनिक विदालाई स्वीकारे पनि कतिपयले लत्याएका छन् । शिक्षालाई व्यापारको रुपमा मात्रै हेरेका सँस्थागत विद्यालयहरु मध्ये कयौं विद्यालयको जनकपुरमै पनि सवारी साधन संचालनमा रहेको दृश्य देखियो । यस्बाट पनि सार्वजनिक विदालाई लत्याउने कार्य गरिएको स्पष्ट भएको छ । यसै सन्दर्भमा निजी विद्यालय शिक्षक सँगठन धनुषाका अध्यक्ष ब्रजकिशोर यादवले सार्वजनिक विदालाई सस्थागत सबैले पालना गर्नुपर्ने बताए । पालना नगरे अनुगमन गरी त्यस्ता सँस्थाहरुमाथि कारवाहीको कार्य निःसँकोच अगाडी बढाउनुपर्ने बताए ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको