>महालेखापरीक्षक कार्यालय मधेस प्रदेशले छैटौँ वार्षिक प्रतिवेदन मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष पेश गरेको छ । प्रदेश प्रमुखको निजी सचिवालय जनकपुरधाममा बुधबार महालेखापरीक्षक कार्यालयका सह–सचिव एवं मधेश प्रदेश प्रमुख श्याम प्रसाद भण्डारीले प्रदेश प्रमुखको सचिवालयमा छैटौँ वार्षिक प्रतिवेदन प्रदेश प्रमुखलाई पेश गरे । महालेखापरीक्षकको कार्यालयबाट तयार गरिएको नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम प्रदेश प्रमुख भण्डारी समक्ष प्रदेश प्रमुखको निजी सचिवालयमा आयोजित एक समारोहमा आ.ब. २०७९/८० को मधेश प्रदेशको छैठौं वार्षिक प्रतिवेदन पेश गरेका छन् । मधेश प्रदेशका सरकारी कार्यालय तथा अन्य संस्था समितितर्फ ६ आर्थिक वर्षमै ८ अर्ब ३१ करोड ८ लाख ५८ हजार रुपैयाँ बेरुजु कायम भएको महालेखापरीक्षकको प्रतिवेदनले देखाएको छ । मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई महालेखापरीक्षकको कार्यालय मधेशका प्रमुख श्यामप्रसाद भण्डारीले छैटौँ वार्षिक प्रतिवेदन बुझाएका छन् । उक्त प्रतिवेदनअनुसार गत वर्षसम्म ६ अर्ब ७६ करोड २२ लाख २७ हजार बेरुजु रहेको थियो । यो वर्ष ३० करोड ५६ लाख ११ हजार बेरुजु सम्परीक्षण भई ६ अर्ब ४५ करोड ६६ लाख १६ हजार बाँकी रह्यो । जसमा आर्थिक वर्ष २०७९र८० मा १ अर्ब ८५ करोड ४२ लाख ४२ हजार बेरुजु थपिएको छ । लेखापरीक्षण प्रतिवेदनमा भनिएको छ, ‘यो वर्ष प्रदेश मन्त्रालय, समिति र अन्य संस्थासमेत १४९ निकायको ४७ अर्ब ९५ करोड २१ लाख ३२ हजारको लेखापरीक्षण सम्पन्न भएको छ । जसमा बेरुजु १ अर्ब ८५ करोड ४२ लाख ४२ हजार बेरुजु कायम भएको छ । जुन लेखापरीक्षण अंकमा ३.८८ प्रतिशत हुन आउँछ ।’ प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७८/७९ भन्दा २०७९/८० मा ०.६८ प्रतिशतले बेरुजु बढेको छ । प्रतिवेदनमा देखाइएको बेरुजुमध्ये ७ करोड ३१ लाख ३ हजार असुल गर्नुपर्ने, १ अर्ब ३३ करोड २५ लाख ७१ हजार नियमित गर्नुपर्ने, ३५ करोड ७९ लाख ४७ हजार अनियमित भएको, ९७ करोड ३९ लाख १२ हजार प्रमाण कागजात पेस नभएको र ४४ करोड ८५ लाख ६८ हजार पेस्की दिएको उल्लेख छ । नेपालको संविधानको धारा २९४ को उपधारा ३ बमोजिम सातै प्रदेशका प्रदेश प्रमुखलाई प्रदेश मातहतको निकायमा भएको लेखापरीक्षकको प्रतिवेदन बुझाउने संवैधानिक व्यवस्था छ । प्रदेशमा २०७५ बाट महालेखापरीक्षकको प्रतिवेदन बुझाउन सुरु भएको थियो।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: