तेली कल्याण समाज नेपाल जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ कपिलेश्वर वडा कार्यसमितिका सपथ ग्रहण, कार्यालय समुदघाटन, नगर समिति र ज्येष्ठ नागरिक सम्मान कार्यक्रम शनिबार सम्पन्न भएको छ।
तेली कल्याण समाज नेपालका केन्द्रिय अध्यक्ष विश्वनाथ प्रसाद साहको प्रमुख आतिथ्यमा सम्पन्न भएका छन् ।
तेली कल्याण समाज, नेपाल जनकपुरधाम उपमहानगरपालिकाको पहलमा वडा समिति गठन भएको तेली जातीयलाई रातदिन एक गरि पहल गरेका जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष दिपेन्द्र साहले बताए ।
अध्यक्षमा बिगुल साह, उपाध्यक्षमा बिरेन्द्र साह,सचिवमा विमल कुमार साह, सहसचिवमा रामहृदय साह, र कोषाध्यक्षमा विक्रम साह रहेका छन् ।
त्यस्तै सदस्यमा श्याम सुन्दर साह,राधेश्याम साह,विनोद साह,कपिल देव साह,कान्ता साह र विहारी साह रहेको तेली कल्याण समाज नगरस समितिका महासचिव अम्वु प्रसाद साहले बताए ।
समाजलाई स्थापित गराउन सबैले साथसहयोग गरिनुपर्ने तेली कल्याण समाज नेपालका केन्द्रिय अध्यक्ष विश्वनाथ प्रसाद साहले बताए ।
तेली समुदायलाई राजनीतिमा अगाडि बढ्नु जरुरी रहेकोे समेत बताए ।
केन्द्रिय अध्यक्ष साहले भने, हामी पुजिपती र सम्पन्न भएको पनि राजनीति धेरै पछाडी रहेकोे बताए ।
विष्ट अतिथि संघीय सांसद एवं पुर्व मन्त्री अनिता साहले यो कार्यक्रम एउटा उदाहरणीय रहेकोे बताए र प्रत्येक वडामा अब यस्तै भव्य कार्यक्रम हुने समेत बताए ।
संघीय सांसद साह द्वारा वृद्ध महिलाहरुलाइ दोसल्लाले सम्मान समेत गरे।
देश होस आ विदेश होस बिना राजनीति कुनै मुल्यक नरहेको जनमत पार्टीका नेता दिनेश साहले बताए
एकृत समाजवादी पार्टी नेपालका नेता सुधीर प्रसाद साह तेली जातीय सुखी सम्पन्न र पैसाको मजबुत रहेपनी तेली जाती धेरै पछाडि रहेकोमा दुखेसो पोखे।

कार्यक्रममा पुर्व प्रदेश मन्त्री शैलेन्द्र प्रसाद साह,जनकपुरधाम उपमहानगरपालिका पुर्व मेयर बजरंग प्रसाद साह ,तेली कल्याण समाज नेपाल धनुषा अध्यक्ष ललित साह,रजिस्ट्रार सत्यनारायण साह, तेली कल्याण समाज नेपाल जनकपुरधाम उपमहानगरपालिका अध्यक्ष रामवाबु साह,सहिद गंगालाल हृदय केन्द्र जनकपुरधामका डा.राजेश साह, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष प्रमेश्वर साह, वडा नम्बर ३ का वडा अध्यक्ष दिपेन्द्र साह, जनकपुरधाम उपमहानगरपालिका मेयर प्रत्यासी जानकीराम साह, नेत्री मधु साह , जनमत पार्टीका नेता दिनेश साह,सम्भु साह, तेली कल्याण समाज नेपाल काठमाडौका अध्यक्ष हरिचन्द्र साह, डिन, विनोद साह,तरुणदल नेपाल केन्द्रिय सदस्य एवं युवा नेता संजिव साह टीका लगायतकाले शुभकामना मन्तव्य दिएका थिए ।कार्यक्रमको उद्घोषण अम्भु प्रसाद साह र रक्की साहले गरेका थिए।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको