जनकपुरधाम । सामाजिक क्षेत्रमा सकृय रहेका दलित समाज उत्थान समिति नेपालका कार्यकारी निर्देशक तथा नेपाली काँग्रेस मधेश प्रदेशका कार्य सम्पादन समितिका सदस्य सुनिल ठाकुरले लाखौँ मुल्य बराबरको जग्गा अस्पताल निर्माणका लागि दिने घोषणा गर्नुभएको छ । महोत्तरी गाउँपालिकाको एघारौँ गाउँ सभामा सम्बोधन गर्दै उहाँले पालिकाको भवन नजिकै वडा नं. २ मा रहेको आफ्नो ७ कठा जग्गा १५ सैयाको अस्पताल निर्माणका लागि दान गरेको घोषणा गर्नुभयो । उहाँले आफ्नो बुवा बिरो ठाकुरको नाउँ सो असप्ताल बनाउन जग्गादान गरेको घोषणा गर्नुभएको छ । सो गाउँमा सुबिधा सम्पन्न अस्पतालका आभावमा स्थानीयबासी गुणस्तरीय स्वास्थ्य सेवाबाट बञ्चित रहेको अवस्थामा १५ सैयाको अस्पतालका लागि जग्गा दिनु आफ्ना गाउँका नागरिक प्रतिको दायित्वको बोध भएको एक जना स्थानीयबासी बताए । सो ठाउँमा अस्पताल निर्माण भएपछि उपचारका लागि महोत्तरी गाउँलेलाई अन्यत्र जानु पर्दैन । उहाँले जग्गा दान गरेपछि अब पालिकाले यसमा लगानी गरी यथासम्भब चाडै अस्पताल भवन निर्माणको प्रक्रियामा लाग्न समेत माग गरिएको छ । सो क्षेत्रका प्रदेश साँसद मा. रेखा ठाकुरले आफ्ना संसदीय क्षेत्रमा विकास निर्माणका कार्यको निरन्तरता दिदै गर्दा उहाँका श्रीमान सुनिल ठाकुरको अस्पतालका लागि जग्गा दानको घोषणाले आफ्ना गाउँठाउँका नागरिकको बिकासका लागि लागेको स्पष्ट हुन्छ ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको