जनकपुरधाम । धनुषा जिल्लाको कमला नगरपालिकामा संचालित बालिका सशक्त परियोजना अन्तरगत चालु आर्थिक वर्षमा भएको कामहरुका विषयमा बुधबार सपोर्ट नेपालले सामाजिक लेखा परिक्षण सम्पन्न गरेको छ । सपोर्ट नेपालको संयोजकतवमा प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा संचालित उक्त बालिका सशक्त परियोजना अन्तरगत कमला नगरपालिका वडा नं. एक र दुईमा भएको कार्यको समिक्षा सहित सामाजिक लेखा परिक्षण सम्पन्न भएको छ ।

सपोर्ट नेपालका अध्यक्ष रोशना खडकाको अध्यक्षतामा भएको सो लेखा परिक्षणमा वडा स्तरीय ,पालिका स्तरीय तथा हाल सम्म भएका कार्यक्रमहरुको लक्षय र उपलब्धी सहितको कार्यक्रम संयोजक त्रिलोक कुमार मंडलले प्रस्तुतीकरण गर्नुभएको थियो ।उहाँले परियोजनाको आम्दनी सहित आय व्यय प्रस्तुत गर्नुभएको थियो । लेखा परिक्षणमा सहभागी सरोकारबलाहरुले यो परियोजनाले समाजमा धेरै परिवर्तन भएको बताउदै यसले बालिकाहरुको सशक्तिकरणमा महत्वपुर्ण भुमिका निर्वाह गरेका जानकारी दिएका थिए । उक्त सामाजिक लेखा परिक्षण संतोषजनक रहेको स्थानीयवासीको भनाई छ ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको