जनकपुरधाम ।
धनुषा जिल्लाको दुईवटा पालिकाको चार वडामा बालिका सशक्त परियोजना संचालन गरेका सपोर्ट नेपालले त्यसमा संलग्न कर्मचारीहरुलाई क्षमता अभिबृद्धि सम्बन्धि तालिम संचालन गरेको छ । प्लान ईन्टरनेसनल नेपालको आर्थिक सहयोगमा संचालित सो परियोजना अन्तरगत कार्यरत सामाजिक परिचालक लगायतका अन्य कर्मचारीहरुलाई जनकपुरधाममा संचालन गरेको तीन दिवसीय तालिमको दोस्रो दिन प्रशिक्षक समिता तमाङले सहभागीहरुलाई सामाजिक परिचालकमा हुनुपर्र्ने गुणहरु, उनिहरुको कार्यगर्ने क्षमता र दक्षताका विषयमा प्रशिक्षण दिनुभएको संस्थाका अनुगमन मुल्यांकन अधिकृत अनिल साहले जानकारी दिनुभयो । सहभागीहरुलाई बालिका सशक्त परियोजनाका परियोजना अधिकृत उज्जवल नारायण यादवले तालिमको विषय, सपोर्ट नेपालको बारेमा जानकारी गराउदै प्लानईन्टरनेशनल नेपालको उद्देश्यका विषयमा जानकारी गराउनु भएको थियो । प्लानइन्टरनेशनल नेपालले धनुषाका विभिन्न संस्थाको समन्वयमा धनुषाको ५ वटा पालिकामा बालिका, युवा, महिला तथा किशोरीका क्षेत्रमा काम गरिरहेका छन् । पाल्न ईन्टरनेशनल नेपालको सहयोगमा सपोर्ट नेपालका शसक्त बालिका परियोजना धनुषा जिल्लाको कमला नगरपालिका वडा नं. १ र २ तथा शहिदनगर नगरपालिकाको वडा नं. ४ र ९ मा संचालित छन् । तालिममा सहभागीहरुलाई संस्थाको बारेमा जानकारी गराउदै परियोजनाको उद्देश्य अनुसार समाजिक परिचालनको काम, रिपोर्ट लेखन, लजिकल फ्रेम वर्क लगायतका विषयमा सहभागीहरुलाई प्रशिक्षण दिएका सपोर्ट नेपालका परियोजना संयोजक त्रिलोक कुमार मंडलले जानकारी दिनुभयो । सो तालिममा सपोर्ट नेपालका कर्मचारीहरु तथा कार्यसमिति सदस्यहरुलाई प्रशिक्षण दिइएको संस्थाका अध्यक्ष रोशना खडकाले जानकारी दिनुभयो ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको