जनकपुरधाम । धनुषा जिल्लाको शहिदनगर नगरपालिका र कमला नगरपालिकामा संचालित बालिका सशक्त परियोजना अन्तरगत चालु आर्थिक वर्षमा भएको कामहरुका विषयमा बुधबार सपोर्ट नेपालले सामाजिक लेखा परिक्षण सम्पन्न गरेको छ । सपोर्ट नेपालको संयोजकतवमा प्लान ईन्टरनेशनल नेपालको आर्थिक सहयोगमा संचालित उक्त बालिका सशक्त परियोजना अन्तरगत शहिदनगर नगरपालिकाका उपप्रमुख सुनिता सिँहको प्रमुख आतिथ्यमा तथा कमला नगरपालिकाका योजना शाखा प्रमुख विरेन्द्र सढानको प्रमुख आतिथ्यमा सो पालिकाको वडा नं. एक र दुईमा भएको कार्यको समिक्षा सहित सामाजिक लेखा परिक्षण सम्पन्न भएको छ ।

सपोर्ट नेपालका अध्यक्ष रोशना खडकाको अध्यक्षतामा भएको सो लेखा परिक्षणमा वडा स्तरीय ,पालिका स्तरीय तथा हाल सम्म भएका कार्यक्रमहरुको लक्षय र उपलब्धी सहितको कार्यक्रम संयोजक त्रिलोक कुमार मंडलले प्रस्तुतीकरण गर्नुभएको थियो ।उहाँले परियोजनाको आम्दनी सहित आय व्यय प्रस्तुत गर्नुभएको थियो । लेखा परिक्षणमा सहभागी सरोकारबलाहरुले यो परियोजनाले समाजमा धेरै परिवर्तन भएको बताउदै यसले बालिकाहरुको सशक्तिकरणमा महत्वपुर्ण भुमिका निर्वाह गरेका जानकारी दिएका थिए । उक्त सामाजिक लेखा परिक्षण संतोषजनक रहेको स्थानीयवासीको भनाई छ । सपोर्ट नेपालले सो दुईवटा पालिकामा संचालन गरेको बालिका सशक्त परियोजना अन्तरगत अभिभावक शिक्षा संचालन प्रभावकारी भएको देखिएको छ । संतानलाई पालनपोषणमा आमाबुवाको समान अधिकार र कर्तव्य रहेकाले अभिभावक शिक्षा संचालन भएपनि पुरुषहरुले पनि आफ्ना नानी बाबुको स्याहारसुसारमा ध्यान दिने गरेको एक जना सहभागीले बताए ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको