जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका यो वर्षको बजेट तोकिएको समयमा ल्याउन असफल भएको छ । असार १० गतेभित्र बजेट ल्याउने कानुनी प्रावधान छ ।

बजेट ल्याउन नसक्नुको मुल कारण नीति तथा कार्यक्रम र बजेटको तयारी नहुनु रहेको छ । उपमहानगरपालिका कार्यालयले गत जेठ ७ गते बजेट तयारीको विषयमा कार्यपालिका बैठक राखेको थियो । काम सम्पन्न भएका धेरै योजनाको भुक्तानी बाँकी छ । बोर्ड योजनाको भुक्तानी नभएसम्म बोर्ड बैठक बहिस्कार गर्ने निर्णय एकदिन पूर्व काँग्रेसबाटै जितेका ११ जना वडाध्यक्षले गरेका थिए । अन्य वडाध्यक्षहरुले त्यसमा समर्थन जनाउने संकेत गरे । असार ७ गते नै प्रमुख प्रशासकीय अधिकृत सत्यनारायण साह अचानक बिरामी भएको भन्दै अनुपस्थित भए । बोर्ड बैठक नबसी स्थगित भयो ।

प्रमुख प्रशासकीय अधिकृत साह बिरामीको बहाना बनाएर काठमाडौं गएकाले बोर्ड बैठक बसेर तयारी नभएकाले समयमै बजेट ल्याउन नसकेको मेयर मनोज साहको भनाई रहेको छ । ‘बजेट तयारीका लागि ७ र ८ गतेलाई बोर्ड बैठक राखिएको थियो । तर प्रमुख प्रशासकीय अधिकृतले बिरामी भएको बहाना बनाएर ७ गते नै काठमाडौं गए ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको