जनकपुरधाम । हरेक वर्ष वृक्षरोपण दिवसको अवसरमा लाखौं विरुवा रोपिन्छ तर कहाँ रोपिन्छ कहाँ त्यो अन्यौल हुने गर्दछ । विरुवा रोपिएको समाचार आउँछ तर सो अनुसारको विरुवा रोपिएको हो भने नहुर्किकनै कहाँ हराउँछ चासोको विषय बनेको छ ? जबकी विरुवा रोपाईको नाममा करोड भन्दा बढी खर्च देखाउने गरिन्छ । कारण रोपिएको विरुवा मध्ये धेरै विरुवा हुर्किएको अवस्थामा देखिदैन । यो वर्षपनि राष्ट्रिय वृक्षरोपण दिवसको अवसरमा मधेश प्रदेशका आठ वटै जिल्लामा वृक्षरोपण अभियान शुरु भएको छ । डिभिजन वन कार्यालय धनुषाले आयोजना गरेको वृक्षरोपण कार्यक्रममा मधेशको वन तथा वातावरण मन्त्री त्रिभुवन साहले अभियानको शुभारम्भ गर्नुभएको हो । मन्त्री साहले राष्ट्रिय वृक्षरोपण दिवस २०८१ अवसर पारेर जनकपुर–जटही ६ लेन सडक खण्डमा वृक्षरोपण गर्नुभएको हो ।
मधेश सरकारले राष्ट्रिय वृक्षरोपण दिवसको अवसरमा आयोजना गरेको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत ‘एक व्यक्ति एक बिरुवा’ अभियान सञ्चालनमा ल्याएको हो । यो अभियानअन्तर्गत मधेशको वन तथा वातावरण मन्त्रालयले ६५ लाख बिरुवा रोप्ने लक्ष्य लिएको मन्त्री साहले जानकारी दिनुभयो । रोपिएका बिरुवाहरूको संरक्षणका लागि समेत मन्त्रालयले उचित कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । मन्त्रालयका सचिव उद्धव घिमिरेले संरक्षणसहितको वृक्षरोपण गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभयो । मधेशमा दिनदिनै वन विनाश भइरहेकाले बाढी पहिरोको समस्या बढ्दै गइरहेको र यसलाई नियन्त्रण गर्न वृक्षरोपण मात्र नभई रोपिएका बिरुवाहरूको संरक्षण गर्ने गरी अभियान आठवटै जिल्लामा सञ्चालनमा ल्याइएको बताउनुभयो । जसरी विरुवा रोपिएको देखाउने गरिन्छ सो अनुसारको विरुवा हुर्केको भए सायद आज मधेश प्रदेशमा हराभरा हरियाली हुनेथियो । अहिले सरोकारवाला व्यक्तिहरु पैसो थुपार्नेकार्यमा बढी कृयाशिल देखिने गरेका छन् । उनीहरुले केही संचारकर्मीलाई एकआध हजार भत्ताको लोभमा पनि भड्किलो खालको समाचार लेखाउन प्रेरित गर्ने गरेको विरुवा रोपाईको समाचार र नहुर्केको विरुवाको अवस्थाबाटै स्पष्ट हुन्छ । मधेश प्रदेशकै चुरे संरक्षण कार्यालयले पनि चुरे संरक्षणको बहानामा वार्षिक करोडौं रुपियाँ खर्चमा देखाउने गर्दछ । तर उक्त रकम कहाँ सकिन्छ अत्तोपत्तो नै हुँदैन । यसै सन्दर्भमा जयकिशोर यादवले काम चाही चुरे संरक्षण तर खर्च भने आप्mनो लागि केन्द्रित गर्ने प्रवृत्तीको कारण पनि भनाई अनुसारको काम नभएको बताए ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको