मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंह र क्रीएसन नेपालका प्रतिनिधिबिच मधेश केन्द्रित बहुआयामिक परियोजना संचालन गर्ने संबन्धमा गम्भीर छलफल भएको छ । सोमबार मुख्यमन्त्री निवास मधेश भवनमा दुपक्षिय छलफल भएको हो । मुख्यमन्त्री सिंहले क्रीएसन नेपालले अगाडि सारेको परियोजनाहरु मधेश प्रदेशको लागि अत्यन्त आबश्यक रहएको बताउँदै प्रदेश सरकारको तर्फबाट पुर्णसहयोग गर्ने बताए । मधेश योजना आयोगका उपाध्यक्ष डा. सोहन साहले क्रीएसन नेपालले अगाडि सारेका परियोजनाहरु छिटोभन्दा छिटो कार्यान्वयन गर्नुपर्नेमा जोड समेत दिएको छ । जलवायु परिवर्तन, प्लास्टिकजनन्य फोहोरमैला ब्यबस्थापन, पर्यटन बिस्तार, मधेश लगानी सम्मेलन लगायतका तत्काल परिणाम दिन सक्ने परियोजना बारे गम्भीर छलफल भएको मुख्यमन्त्री सचिवालयले जनाएको छ । क्रीएसन नेपालको सचिव सुजाता कोइरालाको नेतृत्वमा आएको चार सदस्यीय टोलिले परियोजना बारे बिस्तृत प्रस्तुतीकरण गरेको छ। सचिव कोइरालाले मधेश सरकारसंग दिगो सहकार्य गरि परिणाम ल्याउनका लागि क्रीएसन नेपाल नेतृत्व लिन तयार रहेको बताए। छलफलमा क्रीएसन नेपालद्वारा संचालित ग्रीनशिप्ट परियोजनाका प्रमुख युनिश घिमिरे, क्याप परियोजनाका लिड उज्ज्वल उपाध्याय र मिडिया सल्लाहकार अनन्त अनुराग पनि सहभागी रहेका थिए ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: