लिभर पाउण्डेशन नेपालले जनकपुरधाममा बुधवार स्वस्थ लिभरका लागि एकदिने कार्याशाला गरेको छ । फाउण्डेशनका संस्थापक अध्यक्ष उमेशजंग रायमाझीको अध्यक्षता तथा नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह के.सी.को प्रमुख आतिथ्यमा भएको सो कार्याशालामा कलेजो रोग विशेषज्ञ चिकित्सहरुले कलेजो (लिभर) लाई स्वस्थ राख्ने र बँचाउने उपायहरु बारे प्रस्तुतिकरण गरेका छन् ।

अल्कोहलले लिभरलाई कसरी खराबी गर्छ र र यसबाट कसरी बँच्न सकिन्छ भन्ने उपायबारे समेत प्रस्तुतिकरण गरिएको थियो ।सो कार्याशालामा डा. ईम्तियाज अहमद, कलेजो रोग विशेषज्ञ तथा सर्जन डा.संजयकुमार यादव, डा.शाहजहा खातुन,हरि लम्साल र सल्ला अधिकारीले कलेजो सम्बन्धि खराव हुने कारण, रोगका लक्षण, बँच्न सक्ने र बचाउँने उपाय बारेमा प्रस्तुतिकरण गरे।

उहाँहरुले अल्कोहल र खराब बानी व्यवहारका कारण कलेजो कसरी खराव भएपछि एक मात्र विकल्प प्रत्यारोपण रहकोले अल्कोहलको सेवन बन्द गर्न र अस्वस्थकरण बानी व्यवहारलाई सुर्धान सुझाव दिए।
यसका लागि स्थानीय सरकारले समेत सचेतिकरण कार्यक्रम गर्नुपर्नेमा चिकित्सकहरुको जोड थियो ।

लिभर पाउण्डेशन नेपालले कलेजो रोगीलाई उपलब्ध उपचार र उपचार गरिने स्थानबारे जानकारी तथा परामर्श सेवा, कलेजो प्रत्यारोपण गर्ने विरामीको उपचारमा सहजीकरण र अंग प्रत्यारोपण सम्बन्धि नियम कानुनको परिमार्जनका लागि पहल गर्दै आएको जनाएको छ ।

यसैगरी फाउण्डेशनले कलेजो रोगको रोकथाम, कलेजो रोग अस्पताल स्थापना, समुदायमा कलेजो रोगको स्क्रिनिंग, कलेजो प्रत्यारोपणलाई सरल र सहज बनाउन आवश्यक नीति तथा कार्यक्रम निर्माणमा सहयोग, डोनर बैंक स्थापना र गुणस्तरीय जीवनका लागि स्वास्थ्य अभियान संचालन गर्ने प्राथमिकतामा राखेको फाउण्डेशनका अध्यक्ष रायमाझीले जानकारी गराए।
गोष्ठीमा मधेस प्रदेशका विभिन्न पालिकाको प्रमुखहरु, स्वस्थ्यकर्मीहरु उपस्थित थियो ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको