धनुषामा पोखरीमा डुबेर तीन जना बालिकाको मृत्यु भएको छ।
जिल्लाको धनौजी गाउँपालिका वडा नम्बर-५ बहुअर्वास्थित घोङ्गघाईर पोखरीमा पौडी खेल्ने क्रममा डुबेर तीन जना बालिकाको मृत्यु भएका छन् ।
मृत्यु हुनेमा सोहि ठाउँ बस्ने अब्दुल खानकी छोरी११ वर्षीया मुस्कान खातुन, कलिम खानका छोरी १० वर्षीया अजमेरी खातुन र हलिम खानकी छोरी ९ वर्षीया जिन्नत खातुन रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवाले बिहीबार दिउँसो पोखरीमा तीनै जना बालिकाहरू मृत फेला परेको बताए ।
मृतक तीनजनै बालिकाहरूको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको र घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी अवाले बताए ।
उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर ल्याउने क्रममा एकजनाको बाटोमै र दुईजनाको अस्पतालमा मृत्यु भएको हो ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको