जनकपुरधाम ।। खाद्य प्रविधितथा गुण नियन्त्रण कार्यालय जनकपुरधामले यहाँका होटेलहरुको खाद्य स्वच्छताको आधारमा गरेको अनुगमनमा दुई वटा होटेल उत्तम रहेको पाइएको छ । विभिन्न ५० वछा मुल्यांकनका आधारमा दजर्न भन्दा बढी होटेल तथा रेस्टुरेन्टहरुमा चारवटा सुचकांक बनाएर अनुगमन गर्दा एउटा पनि अति उत्तम श्रेणीमा पर्न सकेका छैनन् । अुनगमनका क्रममा होटेल रामा र होटेल रोयल मिथिला प्यालेस दुई स्टार सहित उत्तम श्रेणीमा परेका छन् भने ९ वटा होटेल एक स्टार सहित सन्तोष जनक श्रेणीमा परेका छन् । होटेल तथा रेस्टुरेन्टहरुको भान्साको अवस्थालाई मूख्य रुपमा अनुगमन गरिएको खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुरधामका खाद्य निरिक्षक प्रविण तिवारीले जानकारी दिनुभयो । अनुगमनका क्रममा चार वटा होटेल सामान्य अवस्थामा पाइएको थियो । अहिले सम्म गरिएको अनुगमनको आधारमा होटेल तथा रेष्टुरेन्टहरुमा खाद्य स्वच्छता स्तर उत्तम रहेका होटेलहरुमा दुई स्टार सहितको ख वर्गमा राखेर हरियो स्टिकर लगाइएको छ भने एक स्टार सहित सन्तोष जनक अवस्थामा रहेका होटेलहरुमा पनि हरियो स्टिकर लगाइएको छ । त्यस्तै सामान्य अवस्थामा रहेका होटेलहरुमा पहेलो रंगको स्टिकर लगाइएको उहाँले जानकारी दिनुभयो । सो कार्यालयका प्रमुख परिष्ठ खाद्य अनुसन्धान अधिकृत हस्त बहादुर राई उत्तम र सन्तोष जनक खाद्य स्वच्छता स्तर रहेका होटेल तथा रेष्टुरेन्टहरुमा आपैm पुगेर स्टिकर लगाउनु भएको छ । बाँकी रहेका होटेलहरुमा समेत सबैले खेदिने गरि स्टिकर लगाइने उहाँले जानकारी दिनुभयो । दोस्रो चरणमा बाँकी रहेको होटेलहरुको खाद्य स्वच्छता स्तरको मापनहुने उहाँले जानकारी दिनुभयो ।होटेलहरुको खानापकाउने ठाउँको अवस्था, सरसफाईको अवस्था,चर्पीबट खानापकाउने ठाउँको दुरी, भेन्टिलेसन, टुटफुटको अवस्था लगायतका ५० वटा बूँदाको आधारमा मुल्यांकन गरिदै छ । अनुगमनका क्रममा ५० वटा बूँदालाई सय अंक मानेर मुल्यांकन गर्दा ९० भन्दामाथि अंकल्याउन होटेललाई चनि स्टार सहित अति उत्तम श्रेणीमा राखिने प्रावधान मिलाइएको छ । अहिले सम्मको अनुगमनमा जनकपुरधामका एउटा पनिहोटेल अनि उत्तम श्रेणीमा पर्न सकेका छैनन । ८० देखि ८९ सम्म अंकपाउने होटेल उत्तम, ६५ देखि ७९ सम्म अंकपाउने होटेल सन्तोष जनक तथा ५० देखि ६४ सम्म अंकपाउने होटेललाई सामान्य स्तरमा राखिएको सहित खाद्य अनुसन्धान अधिकृत सतिश कुमार मंडलले जानकारी दिनुभयो । अनुगमनका क्रममा एक स्टार सहित सन्तोषजनक अवस्थामा होटल वेलकम, बाजेको सेकुवा (होटेल फुड ल्याण्ड),होटेल माइस्टिक मिथिला,सिताशरण होटेल उण्ड प्लाजा,क्याफे द प्लाजा,चिकागो पिज्जा एण्ड रेष्टुरेन्ट,होटेल परफेक्ट,होटेल रामजानकी, सेभेन स्टार ब्यांकेट रहेका छन् । त्यस्तै सामान्यअवस्थामा राजु होटेल एण्ड फेमिली रेष्टुरेन्ट,होटेल मिथिला परिवार, सोलमेट क्याफे एण्ड रेष्टुरेन्ट, द बरगर हाउस रहेका छन् । बाँकीहोटेल तथा रेष्टुरेन्टहरुको पनि अनुगमनहुने खाद्य निरिक्षक तिवारीले जानकारी दिनुभयो ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: