जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाबाट २०८०।०८।१३ गते कार्यालयमा दर्ता भएका विभिन्न पत्र पत्रिकाको नाममा प्रकाशित सूचना विज्ञापनको लागि मांग भएको भूक्तानीमा नगर प्रमुखको तोक आदेश अनुसार विभिन्न पत्रपत्रिकाहरुलाई भुक्तानी लिएका छन् । भुक्तानीको लागि नगरपालिकाको कार्यालय प्रमुखबाट सामाजिक विकास शाखाको नाममा भएको तोकादेश भएको देखाइएको छ । सोअनुसार जनकपुरधाम उपमहानगरपालिकाको आ.व. २०८०÷०८१ को नगर सभाबाट विनियोजन भएको सार्वजनिक सूचना प्रचार प्रसार तथा विज्ञापन खर्चबाट उक्त भुक्तानी भएको दर्शाइएको हो । कुन मिडियाले कत्ति भुक्तानी पालिकाबाट पाएका छन् त्यो यस प्रकार रहेको छ । सन्ध्याकालीन दैनिक आकांक्षा रु.१०,०००,अग्नि साप्ताहिक रु.१०,०००, जनकनन्दनी एक्सप्रेस नेशनल वीक्लीरु.१०,०००, नव विचार साप्ताहिकरु.१०,०००,चन्द्रकान्ता साप्ताहिक रु.१०,०००, जनहित एक्सप्रेस साप्ताहिकरु.१०,०००, धमाका जनकपुर दैनिक रु.१०,०००, पिपुल्स वीक्ली १५,०००, लोकरंग १५,०००, खोजविन साप्ताहिक १५,०००,विदेह साप्ताहिक १५,०००, युवा जनप्रीय १५,०००,वाघवकरी साप्ताहिक १५,०००, मिथिलाजागरण वीक्ली १५,०००,अध्यात्म जागरण १५,०००,मिथिलाञ्चल एक्सप्रेस बीक्ली १५,०००, नयां पाइलो साप्ताहिक १५,०००, नव जनप्रीय वीक्ली १५,०००,डेली एक्सप्रेस दैनिक २०,०००,दैनिक जनकपुर एक्सप्रेस २०,०००,दैनिक विश्वजागरण २०,०००,सिमाञ्चल २०,०००,समाचार दैनिक २०,०००,लोकमत साप्ताहिक २०,०००,गामघर साप्ताहिक २०,०००,पूर्वाधार साप्ताहिक २०,०००
,
Copyright © 2025, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: