सामाजिक र धार्मिक सेवा क्षेत्रमा बहु चर्चित संस्था रहेकोे जनकपुरधामका राम युवा कमिटिको १६ औँ कार्यकालको लागि सरोज कुमार साहले निर्वाचित भएको छ ।
शनिवार सम्पन्न राम युवा कमिटिको निर्वाचनबाट अध्यक्ष पदमा सरोज कुमार साहले विजयी भएका हुन् ।
निर्वाचनमा कमिटिमा अध्यक्षको चार दाबेदार मध्ये साहले ९० मत ल्याएर विजयी भएका छन् ।

कमिटिमा रहेको कुल २ सय ५८ मतदातामध्ये २ सय ३० जनाले मतदान गरेका थिए । अध्यक्षका लागि उम्मेदवारी दिएका गणेश प्रसाद साहले ८५ मत ल्याएर पराजित भएका हुन् ।
नयाँ कार्यकालको लागि वरिष्ठ उपाध्यक्षमा अनिकेत ठाकुर १ सय ९ मत ल्याएर विजयी हात पारेका छन् उनका निकटम प्रतिद्धन्द्धी शिव ठाकुर सोनारले ८९ मत ल्याएर पराजित भएका हुन् । उपाध्यक्षमा रामप्रताप साह ९३ मत ल्याएर जितन सफल भएको छ भने उनका निकटम प्रतिद्धन्द्धी लालबाबु प्रसाद साहले ८८ मत ल्याएर पराजित भएका छन् ।

महासचिवमा विजय कुमार साह १ सय २३ मत ल्याएर जितन सफल भएको छ भने उनका निकटम प्रतिद्धन्द्धी विनोद ठाकुर ७३ मत ल्याएर पराजित भएका छन् ।सचिवमा शम्भु लाल दास ८७ मत ल्याएर जितन सफल भएको छ भने उनका निकटम प्रतिद्धन्द्धी शुभाष चन्द्र साहले ८० मत ल्याएर पराजित भएका छन् ।कोषाध्यक्ष कृष्ण कान्त झा (मुन्नु) जितन सफल भएको छ।


त्यस्तै, कार्यसमिति सदस्यहरुमा अजय कुमार साह, अमर ठाकुर, सुदीप भण्डारी, प्रह्लाद साह, जितेन्द्र कुमार भगत, प्रकाश ठाकुरले निर्वाचित भएका छन् ।
मुख्यनिर्वाचन अधकृत निर्मल कुमार चौधरीले जानकारी दिए ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको