एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ लिएसँगै मन्त्रिपरिषद् गठनका छन् । प्रधानमन्त्री ओलीले शपथ ग्रहण गरेपछि २१ जना मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेका थिए । सिफारिस अनुसार राष्ट्रपतिले मन्त्रीहरूलाई नियुक्त गरेपछि सोमबार नै पद तथा गोपनीयताको शपथ लिएका छन् । ओली नेतृत्वको सरकारमा कांग्रेसबाट १०, एमालेबाट ८, जनता समाजवादी पार्टीबाट २ र लोकतान्त्रिक समाजवादी पार्टीबाट १ गरी २१ मन्त्री समेटिएका छन् । प्रमुख सत्ता साझेदार कांग्रेस प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा सहभागी भएको हो । साना पार्टी जसपा र लोसपाले मात्र सरकारमा स्थान पाएका छन् । नागरिक उन्मुक्ति पार्टी, जसपा र जनमतले ओली सरकारमा स्थान पाएनन् । २५ सदस्यीय मन्त्रिपरिषदमा अब ३ जना राज्यमन्त्री मात्र नियुक्त हुन बाँकी छ । यस्तो छ ओली मन्त्रिपरिषद् प्रकाशमान सिंह – उपप्रधान एवम् सहरी विकास मन्त्रालय विष्णु पौडेल –उपप्रधान एवम् अर्थ मन्त्रालय पृथ्वीसुब्बा गुरुङ – सञ्चार तथा सूचना प्रविधि मन्त्रालय रमेश लेखक – गृह मन्त्रालय शरतसिंह भण्डारी – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय आरजु राणा – परराष्ट्र मन्त्रालय प्रदीप पौडेल – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय बद्री पाण्डे – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय रामनाथ अधिकारी – कृषि तथा पशुपक्षी मन्त्रालय प्रदीप यादव – खानेपानी मन्त्रालय बलराम अधिकारी – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय दामोदर भण्डारी – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय नवलकिशोर साह सुडी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय देवेन्द्र दाहाल – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय तेजुलाल चौधरी – युवा तथा खेलकुद मन्त्रालय अजय चौरसिया – कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय विद्या भट्टराई – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मानवीर राई – रक्षा मन्त्रालय दीपक खड्का – ऊर्जा, सिचाइँ तथा जलस्रोत मन्त्रालय राजकुमार गुप्ता – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ऐनबहादुर शाही – वन तथा वातावरण मन्त्रालय
Copyright © 2024, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: