राखी साह, प्रत्येक वर्ष झैँ यस वर्ष पनि साउने सङ्क्रान्तिमा धनुषाको कपिलेश्वरनाथ महादेव मन्दिरमा मेलाको आयोजना हुने भएको छ। धनुषास्थित जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ कपिलेश्वरमा अवस्थित प्राचिनकालीन कपिलेश्वरनाथ महादेव मन्दिरमा साउनको पहिलो साताको सोमबारदेखि साउने मेला हुनलागेका छन् । साउन ५ गते शनिबार कलश यात्रा संगै साउने सोमबारी मेलाको शुरुवात हुने कपिलेश्वरनाथ युवा क्लवका अध्यक्ष मनोजकुमार साहले बताए । स्थानीय कपिलेश्वरनाथ युवा क्लवका युवाहरुले प्राचिन यो मन्दिरको ऐतिहासिकताको प्रचार प्रसार गर्ने उद्देश्यले प्रत्येक वर्ष शिवरात्री मेलाका साथै साउन महिनाको सोमबारी मेलाको भव्य आयोजन गर्दै आईरहेको छ । श्रद्धालु भक्तजनलाई भगवान शिवको दर्शन गर्दा असहज परस्थितिको सिर्जना नहोस त्यसका लागि व्यवस्था समेत मिलाइएको अध्यक्ष साहले जानकारी दिए। स्थानीय कपिलेश्वरनाथ युवा क्लवका युवाहरुले यो मन्दिरको धार्मिक महत्व तथा ऐतिहासिकता बचाउनका लागि मन्दिरको विकास र संरक्षणको माग पटक पटक उठाउँदै आईरहेका छन् । त्रेता यूगमा मिथिलाका राजा शिरध्वज जनकले राजधानी जनकपुरधामको चारै कूनामा महादेव मन्दिरको स्थापना गरेका थिए । जसमध्ये कपिलेश्वर नाथ महादेव मन्दिरको स्थापना समेत गरेका थिए । स्थानीयवासहरुका अनुसार कपिलेश्वरनाथ महादेव मन्दिरमा हालसम्म १८ वटा महन्थ भई सकेको जानकारी दिए। त्यस्तै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष रामचन्द्र पजियारले कपिलेश्वरनाथ मन्दिरको यति प्राचिन शिवलिंग रहेपनि यो मन्दिरको विकास तर्फ न प्रदेश सरकारले न जनकपुरधाम उपमहानगरपालिकाले चासो देखाएको आरोप लगाए ।
Copyright © 2024, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: