मधेश सरकारमा नेपाली कांग्रेस सहभागी हुन लागेको छ । अर्थमन्त्रालयसहित चार मन्त्रालय पाएपछि कांग्रेस सरकारमा सहभागी हुन लागेका छन् । कांग्रेस सांसद सुनिल यादव अर्थमन्त्री बन्ने निश्चित भएको छ । त्यस्तै जनार्दन सिंह क्षेत्री भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री, शेष नारायण यादव उर्जा, सिचाई तथा खानेपानी मन्त्री र कौशल किशोर राय श्रम तथा यातायात मन्त्री पाएका छन् । मुख्यमन्त्री सतिश कुमार सिंहले अर्थ मन्त्रालय आफ्नो पार्टीले राख्ने अडान राखेपछि कांग्रेस सरकारमा सहभागी हुन चाहेका थिएन् । हिजो मात्रै कांग्रेस मधेशका प्रमुख सचेतक कुमरकान्त झाले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका थिए । मन्त्रालय बाँडफाँडमा प्रदेशमा सहमती नजुट्दा केन्द्रमै नेताहरूले अर्थमन्त्रालय कांग्रेसलाई दिने सहमती गरेको स्रोतले जनाएको छ । कांग्रेस केन्द्रीय समितिबाटै चार जनालाई मन्त्रीमा नियुक्त गर्न मुख्यमन्त्री समक्ष पत्र आएको छ । जुन पत्रमा मन्त्रालय पनि तोकिएको छ । मुख्यमन्त्रीले आजै साझ ५ बजे कांग्रेसका मन्त्री नियूक्त गर्ने तयारी गरेका छन् ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: