लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) नेपालका प्रवक्ता डा.आभाष लाभ पार्टीका केन्द्रीय उपाध्यक्षमा समेत मनोनीत भएका छन्। अध्यक्ष महन्थ ठाकुरले शुक्रबार पार्टीको संशोधित विधानअनुसार डा.लाभलाई उपाध्यक्षमा मनोनीत गरेका छन् । डा.लाभ धनुषावासी हुन् । उनीसँगै थप ९ जा विभिन्न पदमा मनोनीत गरिएको हो। जसअनुसार केन्द्रीय सह महासचिवमा राजेन्द्रकुमार साह(सिरहा), केन्द्रीय सचिवमा सुदीपकुमार झा(महोत्तरी) तथा केन्द्रीय सदस्यहरूमा लक्ष्मीकान्त तिवारी(पर्सा), गीता श्रेष्ठ(काठमाडौँ), इन्जिनियर रामचन्द्र प्रसाद गुप्ता(रौतहट), हृदयनारायण दास तत्मा(रौतहट), विजयकुमार राय दनुवार(सिरहा), गणेश लोहार(बैतडी) र गजेन्द्रा लोहार(बैतडी) छन् ।
Copyright © 2025, All Rights Reserved | Developed By ProTech | Total Page Visitor: