मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिँहले टुटेश्वरनाथ महादेव मन्दिरको पूर्वाधार विकास र प्रचारप्रसारबाट स्थानीय अर्थतन्त्र मजबुत बनाउन सकिने बताएका छन् ।
सोमबार बिहान साउनको पहिलो सोमबार महोत्तरीको बर्दिवास नगरपालिकास्थित टुटेश्वरनाथ महादेवको पूजाअर्चनापछि मुख्यमन्त्री सिँहले मन्दिरमा आन्तरिक पर्यटकको आगमन तीव्रताका साथ बढाउन सकिए स्थानीय अर्थतन्त्र मजबुत भएर त्यसक्षेत्रका बासिन्दाको जीविकोपार्जनमा सघाउ पुग्ने बताए ।
मुख्यमन्त्री सिंहले भारतको वैद्यनाथधाममा महिनाभरि आउने पर्यटकले त्यसक्षेत्रका जनताको वर्षभरि आर्थिक भार धानिने उदाहरण दिँदै प्रदेशका धार्मिक महत्वका पर्यटकस्थलको प्रचारप्रसार गर्न सकिए त्यस किसिमको परिणाम प्राप्त गर्न सकिने तर्क राखे ।
पश्चिमको बागमती र पूर्वको कमलाको जलार्पण हुने टुटेश्वरनाथ महादेव मन्दिरको ऐतिहासिक, धार्मिक र साँस्कृतिक महत्व रहेको बताउँदै त्यस शिवालयको प्रवद्र्धनका लागि प्रदेश सरकारले स्थानीय तहसँग समन्वय गर्ने मुख्यमन्त्री सिंहले प्रतिबद्धता समेत व्यक्त गरे।
त्यस अवसरमा बर्दिवास नगरपालिकाका मेयर प्रह्लाद क्षेत्रीले मुख्यमन्त्री सिँहलाई टुटेश्वरनाथ महादेव मन्दिरको विकास तथा विस्तारका बारेमा जानकारी गराएका थिए ।

सम्बन्धित खवर
भर्खरै प्रकाशित + थप

धेरै पढिएको